ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गरिने
2082 General Parties Update

कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गरिने

Inquiry Nepal Inquiry Nepal April 12, 2026 at 5:17 PM 51 views
<p>काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ । दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए । ‘हामीले दलको नेता निर्वाचनका लागि वैशाख २ गते बैठक [&#8230;]</p> <p>The post कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - ...

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ । दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।

‘हामीले दलको नेता निर्वाचनका लागि वैशाख २ गते बैठक बसेर प्रक्रिया सुरु गर्छौँ,’ रसाइलीले भने, ‘४ गते निर्वाचन गर्छौँ।’

वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताए । सकभर प्रक्रिया सुरु गरेर सर्वसम्मतिको प्रयास गर्ने, नभए निर्वाचनमार्फत दलको नेता चुन्ने तयारीमा आफूहरू लागेको स्नेहीले बताए। कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् ।

३८ सांसदको नेता हुनका लागि ४ नेताले इच्छा देखाएका छन् ।नेताहरूका अनुसार अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले इच्छा देखाएका छन् । केसी र आङदेम्बेले सार्वजनिक रूपमा नै दलको नेतामा दाबी रहेको बताएका छन् ।

दलको नेता छान्ने निर्वाचन समितिमा कांग्रेस केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन्।

The post कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते सुरु गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082