ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बुटवलमा अपाङ्ग महासंघको अधिवेशनमा कुटाकुट, असन्तुष्ट पक्षको बहिष्कार 
2082 General Election

बुटवलमा अपाङ्ग महासंघको अधिवेशनमा कुटाकुट, असन्तुष्ट पक्षको बहिष्कार 

Inquiry Nepal Inquiry Nepal April 11, 2026 at 10:00 PM 60 views
बुटवल।  अदालतमा मुद्दा विचाराधीन र विवाद समाधान नभएको अवस्थामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको निर्वाचन प्रक्रिया बुटवलमा अगाडि बढाइएको विषयले गम्भीर विवाद भएसंगै कार्यक्रम स्थलमा कुटाकुट भएको छ । यतीमात्र भएन केही पक्षले प्रक्रिया रोक्न माग गदै बहिष्कार गरी हिँडेको दाङवाट ससहभागि प्रतिनिधीरजनी शाहले बताउनु भयो । भने अर्को पक्षले निर्वाचनका गतिविधि जारी राखेपछि महासंघभित्रको कानुनी […]

बुटवल। 

अदालतमा मुद्दा विचाराधीन र विवाद समाधान नभएको अवस्थामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको निर्वाचन प्रक्रिया बुटवलमा अगाडि बढाइएको विषयले गम्भीर विवाद भएसंगै कार्यक्रम स्थलमा कुटाकुट भएको छ । यतीमात्र भएन केही पक्षले प्रक्रिया रोक्न माग गदै बहिष्कार गरी हिँडेको दाङवाट ससहभागि प्रतिनिधीरजनी शाहले बताउनु भयो । भने अर्को पक्षले निर्वाचनका गतिविधि जारी राखेपछि महासंघभित्रको कानुनी र नैतिक संकट थप चुलिएको हो । महासंघको बुटवलमा शुक्रवारदेखि जारी निर्वाचन प्रक्रियाले अपाङ्गता आन्दोलनमा थप ध्रुवीकरण र अन्योल सिर्जना गरेको छ । 

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्व चयनका लागि बुटवलमा भइरहेको निर्वाचन प्रक्रियामा विवाद चुलिएको हो । उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेको र स्पष्ट कानुनी निरुपण नभएको अवस्थामा निर्वाचन प्रक्रिया अघि बढाउनु गैरकानुनी भएको एउटा पक्षको दाबी छ । महासंघको विधान र प्रक्रियागत विषयलाई लिएर सदस्यहरुबीच लामो समयदेखि विवाद जारी रहेको र जसले गर्दा मुद्दा अदालतसम्म पुगेको थियो । यसअघि नै निर्वाचन स्थगित गर्न र महासंघको गतिविधिलाई पारदर्शी बनाउन माग गर्दै अदालतमा दायर गरिएको रिट निवेदन बेवास्ता गर्दै उक्त रिट उपर अन्तिम फैसला नआउँदै निर्वाचन प्रक्रिया अघि बढाइनु अदालतको अवहेलना हुने जिकिर गर्दै आएको छ ।

अदालतमा मुद्दा रहेको अवस्थामा संस्थाको निर्वाचन जस्तो महत्त्वपूर्ण प्रक्रिया रोक्नुपर्नेमा त्यसको विपरीत काम हुनुले महासंघको गरिमामा प्रश्न चिन्ह खडा गरेको केन्द्रीय सदस्य सावित्रा घिमिरेले बताउनु भयो ।  

महासंघको कार्यसमितिले तोकेका आधिकारिक निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता सालिकराम बञ्जाडेले सर्वोच्च अदालतमा मुद्दा परेको र वैशाख ३ गते दुवै पक्षलाई बोलाइएको अवस्थामा निर्वाचन गराउनु अदालतको अवहेलना भन्दै राजिनामा दिएपछि नेपाल बार रुपन्देहीका पूर्वअध्यक्ष जोगबहादुर खत्रीलाई निर्वाचन अधिकृत तोकेर निर्वाचन अगाडी बढाईएको छ । निर्वाचन अधिकृत खत्रीले केही असन्तुष्ट पक्षले निर्वाचन वहिष्कार गरेको भन्दै नारावाजी भएको र निर्वाचनको प्रक्रिया यस अघि नै सुरु भएकाले  राष्ट्रिय अपाङ्ग महासंघ नेपालको निर्वाचनवाट नयाँ नेतृत्व चयन हुने दाबी गर्नु भयो । 

election election 2082