ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनुषा क्षेत्र नम्बर–१ मा साहको उम्मेदवारी खारेज
2082 General Candidates Update

धनुषा क्षेत्र नम्बर–१ मा साहको उम्मेदवारी खारेज

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:39 AM 66 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका साहको उम्मेदवारी खारेज भएको हो । निर्वाचन आयोगले मंगलबार विज्ञप्तिमार्फत पनि उनको उम्मेदवारी खारेज भएको बताएको छ । आयोगका सहायक प्रवक्ता [&#8230;]</p> <p>The post धनुषा क्षेत्र नम्बर–१ मा साहको उम्मेदवारी खारेज appeared first ...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका साहको उम्मेदवारी खारेज भएको हो । निर्वाचन आयोगले मंगलबार विज्ञप्तिमार्फत पनि उनको उम्मेदवारी खारेज भएको बताएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको हो । आयोगका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा राखेको पाइएकाले उम्मेदवारी खारेज भएको हो । यो निर्णयसँगै अब धनुष क्षेत्र नम्बर–१ मा रास्वपाको चुनाव चिह्नमा मत परे पनि त्यसलाई गणना नगरिने भएको छ ।

मतपत्र छापिइसकेपछि उम्मेदवारी रद्द भएका कारण उनले पाएको निर्वाचन चिह्नमा परेको मत स्वतः बदर हुने भएको हो । साहको कमल निर्माण सेवा प्रालिले २२ माघ २०८० देखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको आयोगको भनाइ छ । बैंकको ऋण नतिरेको, चेक बाउन्स भएकोलगायत मुद्दा लागेमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरका अनुसार वित्तीय संस्थाको ऋण लिएर नतिरेको, चेक बाउन्स गरेकोजस्ता विषयमा मुद्दा लागेका व्यक्तिलाई कालोसूचीमा राखिन्छ । कालोसूचीमा राख्नुपर्ने कारण के हो भन्ने विषयमा सरकारी निकाय र सम्बन्धित व्यक्तिबाहेकलाई भने खुलाउन नमिल्ने उनको भनाइ छ ।

धनुषा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालका अनुसार पनि साहविरुद्ध कालोसूचीमा परेको उजुरी परेपछि छानबिनका लागि पठाइएकामा पुष्टि भएका कारण उम्मेदवारी खारेज भएको हो । साह २०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०७९ सालमा जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर पराजित भएका थिए ।

The post धनुषा क्षेत्र नम्बर–१ मा साहको उम्मेदवारी खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082