ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
आर्मीको जितमा विनोदको शतक
2082 General Results Result

आर्मीको जितमा विनोदको शतक

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 10:49 PM 58 views
काठमाडौं। कप्तान विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले जारी पीएम कपअन्तर्गत् बिहीबारको खेलमा जित हासिल गरेको छ । विभागिय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको हो । यो आर्मीको छैटो जित हो । यो नतिजापछि आर्मीले ७ खेलमा १३ अंक जोड्दै फाइनल पुग्ने संभावनालाई बलियोसमेत बनायो । हार बावजुद ८ खेलमा १० अंक जोडेको […]

काठमाडौं।

कप्तान विनोद भण्डारीको शतकमा त्रिभुवन आर्मी क्लबले जारी पीएम कपअन्तर्गत् बिहीबारको खेलमा जित हासिल गरेको छ । विभागिय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराएको हो । यो आर्मीको छैटो जित हो ।

यो नतिजापछि आर्मीले ७ खेलमा १३ अंक जोड्दै फाइनल पुग्ने संभावनालाई बलियोसमेत बनायो । हार बावजुद ८ खेलमा १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा यथावत रहेको छ । साथै फाइनल पुग्ने संभावना अझै जीवितै रहेको छ ।

जितको लागि १ सय ५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको थियो । टोलीका लागि कप्तान विनोदले १ सय रनको योगदान दिए । उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए । पीएम कपको इतिहासमा यो विनोदको चौथो शतक हो । उनीपछि एपीएफका आशिफ शेखले ३ शतक प्रहार गरेका छन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । शुरुमै खराब प्रदर्शन गर्दा ६६ रनको स्थितिमा टोलीले ६ विकेट गुमाईसकेको थियो ।

तर, नारायण जोशीले अर्धशतक बनाउँदै टोलीलाई सम्मानजनक स्थितिमा पु¥याए । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ६० बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनरद्वय अभिषेक पालले २४ रन र खड्क बोहराले १३ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीको बलिङमा बसिर अहमदले सर्वाधिक ५ विकेट लिएका थिए ।

पुलिस तेस्रो स्थानमा

कर्णाली प्रदेशलाई ४८ रनले हराउँदै नेपाल पुलिस क्लबले पनि पीएम कपको फाइनल पुग्ने संभावना जीवितै राखेको छ ।
जितको लागि २ सय ६२ रनको लक्ष्य पछाएको कर्णाली ४५.२ ओभरमा सबै विकेट गुमाएर २ सय १३ रनमा समेटिएको थियो । कर्णालीको लागि अर्जुन घर्तीले सर्वाधिक ४६ रन जोडे ।

पुलिसको बलिङमा ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । उनले ९.२ ओभरमा २ मेडन (एकै ओभरमा रन नदिएको) फ्याल्दै ५ विकेट लिएका थिए । उनले यति विकेट लिन मात्र ३६ रन खर्चेका थिए । यस्तै करण केसीले ३ विकेट प्राप्त गरेका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । टोलीका लागि ओपनर दिनेश खरेलले ८२ रनको सानदार ब्याटिङ गरे । कर्णालीको बलिङमा प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिएका थिए ।

पुलिस ९ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । पुलिस शीर्ष टोली आर्मीसँग ४ अंकले पछि छ भने दोस्रो स्थानको सुदूरपश्चिमसँग १ अंकले मात्रै पछि रहेको छ । कर्णालीको भने यो आठौं खेलमा छैटौं हार थियो ।

अहिलेसम्म ७ शतक

जारी पीएम कपमा ७ शतक प्रहार भइसकेको छ । शतक प्रहार गर्नेहरूमा आर्मीको तर्फबाट ३ खेलाडी विनोद भण्डारी, अर्जुन साउद र बसिर अहमद छन् । यस्तै अन्य शतक प्रहार गर्नेमा पुलिसका शंकर राना, एपीएफका आसिफ शेख, गण्डकीका अर्जुन कुमाल र लुम्बिनीका रञ्जीत खड्का हुन् ।

results election 2082