2082 General
Candidates
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, रुविको उम्मेदवारी दर्ता
Inquiry Nepal
Inquiry Nepal
April 9, 2026 at 2:11 PM
57 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरलाई समर्थन गरेको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सांसद बनेकी ठाकुरलाई समर्थन गर्ने निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।  यसअघि उपसभामुख राप्रपालाई दिने कि श्रम संस्कृति भन्नेमा रास्वपाभित्र दुई धार देखिएको थियो । अन्तिममा रास्वपाले श्रम संस्कृतिलाई सघाउने तय भएको हो । ठाकुरले बिहीबार उम्मेदवारी समेत दर्ता गराएकी छन् ।

candidates
election 2082