ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाको समर्थनमा उपसभामुखमा उम्मेदवारी दिँदै राप्रपा
2082 General Candidates

रास्वपाको समर्थनमा उपसभामुखमा उम्मेदवारी दिँदै राप्रपा

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 1:31 PM 54 views
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार समानुपातिक तर्फबाट सांसद लामालाई उम्मेदवार बनाइएको हो। उनलाई रास्वपाले पनि समर्थन गरेको शाहीले जानकारी दिए।...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख पदमा सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार समानुपातिक तर्फबाट सांसद लामालाई उम्मेदवार बनाइएको हो। उनलाई रास्वपाले पनि समर्थन गरेको शाहीले जानकारी दिए ।

संघीय संसद् सचिवालयले आजै अपराह्न २ बजेसम्म मनोनयनको समय तोकेको छ। तोकिएकै समयभित्र मनोनयन दर्ताका लागि संसद् सचिवालय जाँदै गरेको शाहीले बताए।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ।

candidates election 2082