ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रवि लामिछानेको निलम्बनको बारेमा तत्काल निर्णय लिन माग
2082 General Parties Alert

रवि लामिछानेको निलम्बनको बारेमा तत्काल निर्णय लिन माग

Inquiry Nepal Inquiry Nepal April 7, 2026 at 7:11 PM 71 views
काठमाडौँ। गतिशील लोकतान्त्रिक पार्टीले सांसद रवि लामिछानेमाथि जिल्ला अदालत, कास्कीमा दायर सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अझै छिनोफानो नभएको भन्दै संसद सचिवालय र सभामुखले तत्काल निर्णय लिनुपर्ने माग गरेको छ। पार्टीले आज विज्ञप्ति जारी गर्दै संसद सचिवालयलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। पार्टीका अनुसार लामिछाने २०८१ पुष ८ गते प्रतिनिधि सभाबाट निलम्बन भइसकेका थिए। तर, […]

काठमाडौँ।

गतिशील लोकतान्त्रिक पार्टीले सांसद रवि लामिछानेमाथि जिल्ला अदालत, कास्कीमा दायर सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अझै छिनोफानो नभएको भन्दै संसद सचिवालय र सभामुखले तत्काल निर्णय लिनुपर्ने माग गरेको छ।

पार्टीले आज विज्ञप्ति जारी गर्दै संसद सचिवालयलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। पार्टीका अनुसार लामिछाने २०८१ पुष ८ गते प्रतिनिधि सभाबाट निलम्बन भइसकेका थिए। तर, मुद्दा अझै कायम रहँदा र प्रक्रियागत दस्तावेजहरू पूर्ण नभएको अवस्थामा, संसद सचिवालयले सक्रिय भूमिका निभाउनु आवश्यक रहेको पार्टीले औपचारिक रूपमा जनाएको छ।

गतिशील लोकतान्त्रिक पार्टीले सम्बन्धित निकायहरू — संसद सचिवालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, र जिल्ला प्रहरी कार्यालय, कास्कीलाई आफ्नो पेशागत दायित्व सक्रियतापूर्वक निभाउन आग्रह गरेको छ। पार्टीले कानूनी समानता र विधिको शासन सुनिश्चित गर्न, उचित कदम चाल्न जोड दिएको छ।

पार्टीले चार सम्भावित विकल्पको समीक्षा गर्दै, समान कानूनी व्यवहार सुनिश्चित गर्ने पहिलो र चौथो विकल्प उपयुक्त रहेको ठहर गरेको छ। अन्य विकल्प अपनाउँदा कानूनको असमान व्यवहार देखिने खतरा रहेको पार्टीको भनाइ छ।

साथै, नव निर्वाचित सभामुखलाई बधाई दिंदै, संसदको पेशागत धर्म र नागरिकको विश्वास कायम राख्न सक्रियता अपनाउन आग्रह गरेको छ।

पार्टीले यसैगरी मनाङका सांसद टेकबहादुर गुरुङको निलम्बन मुद्दा र सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको उदाहरण उद्धृत गर्दै, कानूनी प्रक्रिया र पारदर्शिता सुनिश्चित गर्न आग्रह गरेको छ।

parties election 2082