ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रन्जितको शतकमा लुम्बिनीको जित
2082 General Results Result

रन्जितको शतकमा लुम्बिनीको जित

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 10:54 PM 52 views
काठमाडौं। रन्जित खड्काको शतकमा लुम्बिनी प्रदेशले जारी पीएम कपअन्तर्गत आइतबारको खेलमा जित निकालेकोे छ । लुम्बिनीले नेपाल पुलिस क्लबलाई ५० रनले हराएको हो । यो नतिजापछि दुबै टोलीको ७÷७ अंक भएको छ । लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हार बावजुद पुलिस तेस्रो स्थानमा छ। जितको लागि २ सय ५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य […]

काठमाडौं।

रन्जित खड्काको शतकमा लुम्बिनी प्रदेशले जारी पीएम कपअन्तर्गत आइतबारको खेलमा जित निकालेकोे छ । लुम्बिनीले नेपाल पुलिस क्लबलाई ५० रनले हराएको हो । यो नतिजापछि दुबै टोलीको ७÷७ अंक भएको छ । लुम्बिनी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हार बावजुद पुलिस तेस्रो स्थानमा छ।

जितको लागि २ सय ५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६ रनमा समेटिएको थियो । टोलीका लागि ओपनर दिनेश खरेलबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रहनु ने हार भउको थियो । दिनेशले १ सय ४ बल खेल्दै १० चौका र ६ छक्कासहित ९४ रन बनाएका थिए । लुम्बिनीको बलिङमा अजय चौहानले ९ ओभरमा १ मेडनसहित ३८ रन दिएर ४ विकेट लिए । देव खनालले ३ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो । टोलीका लागि ओपनर रन्जितले शतकीय पारी खेले । उनले १ सय २८ बल खेलेर १३ चौका र ३ छक्कासहित १ सय २८ रन बनाए । योसँगैं पएिम कपको इतिहासमा लुम्बिनीका लागि शतक बनाउने उनी पहिलो खेलाडीसमेत बने । बलिङमा पुलिसका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिँदा रसिद खान र दिनेश खरेलले समान २ विकेट लिए ।

हेमन्तले लिए ७ विकेट

हेमन्त धामीले ७ विकेट लिएपछि बागमती प्रदेश ४६ रनमै अलआउट भएको थियो । योसँगैं सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई १ सय ६३ को फराकिलो रनअन्तरले पराजित ग¥यो । यो जितसँगै सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

२ सय १० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमै रोकिएको थियो । टोलीका लागि ओपनर शुभ कंसाकारले २५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । टोलीले ५ रन अतिरिक्त पाउँदा बाँकी १० खेलाडीले जम्मा ९ रन मात्र बनाउन सके ।
हेमन्तको घातक बलिङ सामना गर्न नसक्दा बागमतीका ५ खेलाडी शून्यमा आउट भएका थिए । उनले ६ ओभरमा २ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिएका थिए । प्रतियोगितामा उनी २१ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा समेत पुगे । शेर मल्लले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो । टोलीका लागि नारायण जोशीले सर्वाधिक ७५ रनको योगदान दिएका थिए । उनले आठौं नम्बरमा ब्याटिङ गरेका थिए । ओपनर अभिषेक पालले ३९ रन र दीपक बोहराले ४० रन बनाए । बागमतीका लागि प्रतिश जिसीले ९ ओभर १ बलमा २६ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएर ४ विकेट लिए ।

सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब ५ खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । बागमतीको भने यो प्रतियोगितामा चौथो हार हो । ६ खेलबाट ४ अंक जोडेको बागमती आठौँ स्थानमा छ ।

results election 2082