ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
डीपी अर्याल सभामुख निर्वाचित
2082 General Candidates Update

डीपी अर्याल सभामुख निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 11:49 AM 79 views
<p>काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् । आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । केसीले बैठक सुरु हुनासाथ सभामुखमा अर्यालको एकमात्र उम्मेदवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए । त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् [&#8230;]</p> <p>The post डीपी अर्याल सभामुख निर्वाचित appeared first on राजधानी राष...

काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन् ।


आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

केसीले बैठक सुरु हुनासाथ सभामुखमा अर्यालको एकमात्र उम्मेदवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए । त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतमसहितले लामिछानेको प्रस्तावको समर्थन गरेका थिए ।

लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरूलाई धन्यवाद दिँदै भने, ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद ।’

त्यसक्रममा वाग्लेले डीपी अर्याल सभामुखको लागि उपयुक्त पात्र भएको बताए । उनले सभामुखमा निर्विरोध निर्वाचित हुन सहयोग गरेको भन्दै अन्य दललाई बधाई दिए ।

अर्यालले यसअघिको संसदमा पनि सांसद र मन्त्रीसमेत बनेर आफ्नो क्षमता देखाइसकेको भन्दै अर्याल अनुभवी भएको बताए । ‘उहाँले संसद्को अभिभाव भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।

‘तटस्थतामा खरो साबित हुने विश्वास मैले लिएको छ,’ वाग्लेले भने, ‘कुनै दलीय आबद्धता नराखी त्याग गरेर जिम्मेवारी लिनुपर्ने पद हो यो । त्यसमा डीपी अर्याल खरो साबित हुने विश्वास हामीलाई छ ।’

कानुनमन्त्री गौतमले अबको संसद् समस्या उन्मुख हुनुपर्ने बताइन् । ‘अब बहस र भाषणले मात्र नहुने भन्दै बहसहरू जनउत्तरदायी भएर गरिनुपर्छ,’ उनले भनिन् ।

अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

The post डीपी अर्याल सभामुख निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082