ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपा–राप्रपा नेताबीच उपसभामुख निर्वाचनबारे छलफल
2082 General Parties

रास्वपा–राप्रपा नेताबीच उपसभामुख निर्वाचनबारे छलफल

Inquiry Nepal Inquiry Nepal April 4, 2026 at 1:15 PM 50 views
काठमाडौँ । काठमाडौँमा रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच शनिबार भेटघाट भएको छ। रास्वपा सभापति लामिछानेको निजी निवासमा करिब एक घण्टा भएको उक्त भेटमा प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन र संसदभित्रको साझा रणनीतिबारे छलफल केन्द्रित रहेको बताइएको छ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले रास्वपाले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था […]

काठमाडौँ ।

काठमाडौँमा रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच शनिबार भेटघाट भएको छ। रास्वपा सभापति लामिछानेको निजी निवासमा करिब एक घण्टा भएको उक्त भेटमा प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन र संसदभित्रको साझा रणनीतिबारे छलफल केन्द्रित रहेको बताइएको छ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने भएकाले रास्वपाले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था रहेको छ। यसअघि रास्वपाले डीपी अर्याललाई सभामुखमा निर्वाचित गराइसकेको छ।

parties election 2082