काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।
दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन्। शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।
सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।
अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका थिए । रास्वपा एक्लैको करिब दुई तिहाइ बहुमत भएकाले विपक्षी दलहरुले उम्मेदवारी दर्ता नै गराएनन्।
The post सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित appeared first on RONB post.