ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ज्ञानेन्द्र शाहीले मागे प्रदेश खारेज

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 4:21 PM 47 views
<p>काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी खारेजको माग गरेका हुन् । ‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’ ‘म यहाँ मनको [&#8230;]</p> <p>The post एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ज्ञानेन्द्र शाहीले मागे प्रदेश खारेज appeared fir...

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमसीसी खारेजको माग गरेका हुन् । ‘देशको स्वाधिनता, भूराजनीति, सैन्य रणनीतिका साथ ल्याइएको एमसीसी खारेज गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी राख्नुपर्छ।’ ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ ।

उनले सबै सांसदको सम्पत्ति छानबिन गर्न पनि माग गरे। शिक्षालाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्छ, सरकारले त्यसमा ध्यान देओस्,’ उनले भने।

त्यस्तै राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न को माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताए ।

‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’ उनले भने ।

The post एमसीसी खारेज गर्न हर्क साम्पाङको माग, ज्ञानेन्द्र शाहीले मागे प्रदेश खारेज appeared first on RONB post.

parties election 2082