ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
विदेशी लगानीकर्तालाई रास्वपाको आह्वान: आउनुहोस् देश सुरक्षित भइसक्यो
2082 General Parties

विदेशी लगानीकर्तालाई रास्वपाको आह्वान: आउनुहोस् देश सुरक्षित भइसक्यो

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 5:44 PM 46 views
प्रतिनिधि सभाको आजको बैठकमा पार्टी सभापति रवि लामिछानेले देशमा लगानीको वातावरण बनेको बताउँदै नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।...

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशी लगानीलाई नेपाल आउन आह्वान गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा पार्टी सभापति रवि लामिछानेले देशमा लगानीको वातावरण बनेको बताउँदै नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

उनले विगतमा जस्तो राजनीतिक अस्थिरता नभएको, कानुनी अल्झन नहुने र सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए ।

बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्टमबाट मेरो अपिल छ । अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ । किनकी राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौँ।’

उनले व्यापार, लगानीलाई व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री बनाउने प्रतिवद्धता जनाए ।

parties election 2082