काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाललाई चयन गरेको छ ।
संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा उनी सर्वसम्मतरुपमा चयन भएको जनाइएको छ ।
डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । उनी एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।
The post एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....