ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवनका तीन क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना, कडा सुरक्षा घेरामा पेटिका ल्याइने
2082 General Results

चितवनका तीन क्षेत्रमा छुट्टाछुट्टै स्थानमा मतगणना, कडा सुरक्षा घेरामा पेटिका ल्याइने

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 2:48 PM 45 views
भरतपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान समय साँझ ५ बजेसम्म कायम गरिएको छ । मतदान सम्पन्न भएलगत्तै चितवनका तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित मतगणनास्थलमा पुर्‍याई सोही दिनबाट मतगणना सुरु गरिने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले क्षेत्रअनुसार छुट्टाछुट्टै स्थानमा […]

भरतपुर।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान समय साँझ ५ बजेसम्म कायम गरिएको छ । मतदान सम्पन्न भएलगत्तै चितवनका तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित मतगणनास्थलमा पुर्‍याई सोही दिनबाट मतगणना सुरु गरिने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले क्षेत्रअनुसार छुट्टाछुट्टै स्थानमा मतगणना हुने जानकारी दिए । उनका अनुसार चितवन क्षेत्र नम्बर १ को मतगणना खैरहनीस्थित झुवानी बहुमुखी क्याम्पसमा, क्षेत्र नम्बर २ को मतगणना भरतपुरको प्रदर्शनी केन्द्रमा तथा क्षेत्र नम्बर ३ को मतगणना रामपुर कृषि क्याम्पसको भवनमा गरिनेछ ।

मतगणना प्रक्रिया पूर्ण रूपमा सुरक्षित वातावरणमा सञ्चालन गरिने जनाइएको छ । मतपेटिका मतदान सम्पन्न भएलगत्तै कडा सुरक्षा व्यवस्थासहित गणनास्थलमा ल्याइनेछ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मतपेटिका सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिनेछ । तीन तहको सुरक्षा घेराभित्रै मतपेटिका गणनास्थलसम्म पुर्‍याइने उनले बताए ।

मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले मतगणनामा सबै उम्मेदवारका प्रतिनिधि सहभागी रहने जानकारी दिँदै गणनास्थललाई पूर्ण रूपमा नियन्त्रण क्षेत्रमा राखिने बताए । मतगणनाको प्रगति तथा परिणाम समय–समयमा सार्वजनिक गरिने पनि उनले स्पष्ट पारे ।

निर्वाचन सामग्री वितरण फागुन १८ गते बिहान ७ बजेदेखि सुरु हुने जनाइएको छ । सो दिन मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई आवश्यक सामग्री उपलब्ध गराई सम्बन्धित मतदान केन्द्रतर्फ पठाइनेछ । प्रशासनका अनुसार यसपटक ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइने तयारी गरिएको छ ।

results election 2082