ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कांग्रेसले पार्टी विधानविपरीत चले समानुपातिक सांसदलाई फिर्ता बोलाउने
2082 General Parties Update

कांग्रेसले पार्टी विधानविपरीत चले समानुपातिक सांसदलाई फिर्ता बोलाउने

Inquiry Nepal Inquiry Nepal March 29, 2026 at 5:35 PM 58 views
<p>काठमाडौं । नेपाली कांग्रेसले अब प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था गरेको छ । कांग्रेसले पार्टी विधानमै यो कुरा समावेश गरेको छ ।  राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले यस&#8217;bout पार्टी विधानमा समावेश गरिएको कुरा जानकारी गराएको हो ।&#160; पार्टी उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई अभिमुखीकरणका क्रममा ‘संसदीय [&#8230;]</p> <p>The post कांग्रेसले पार्टी विधानविपरीत चले समानुपातिक सांस...

काठमाडौं । नेपाली कांग्रेसले अब प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था गरेको छ । कांग्रेसले पार्टी विधानमै यो कुरा समावेश गरेको छ । 

राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले यस’bout पार्टी विधानमा समावेश गरिएको कुरा जानकारी गराएको हो । 

पार्टी उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई अभिमुखीकरणका क्रममा ‘संसदीय सचेतना कार्यक्रम’ अन्तर्गत बोल्दै पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने विधानको नयाँ प्रावधान’bout जानकारी गराएका हुन् ।

गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट परिमार्जन भएको विधानको दफा ४० मा यस्तो व्यवस्था रहेको उनको भनाइ छ । 

पार्टीका तर्फबाट उम्मेदवार भई समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई संसदीय जिम्मेवारीलाई प्रभावकारी र जबाफदेही बनाउन यस्तो प्रावधान राखिएको कांग्रेसको भनाइ छ ।

विधानको दफा ४० मा प्रचलित कानुनविपरीत काम गरेमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने उल्लेख छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो ।

The post कांग्रेसले पार्टी विधानविपरीत चले समानुपातिक सांसदलाई फिर्ता बोलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082