काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन लागेका छन्। आज पार्टी कार्यालय घन्टीघरमा बस्ने बैठकले पार्टीको विधान संशोधन गर्दै साहलाई संसदीय दलको नेता नियुक्त गर्ने तयारी गरेको छ।
पार्टीको वर्तमान विधान अनुसार चुनावअघि साधारण सदस्यबाट मतदान गराएर संसदीय दलको नेता चयन हुनुपर्ने व्यवस्था थियो। तर, उक्त प्रक्रिया कार्यान्वयन हुन नसकेकाले संशोधन गर्न लागिएको हो।
पार्टी भित्र साहलाई संसदीय दलको नेता बनाउने सहमति पहिल्यै भएको छ। वरिष्ठ नेता चयन भए पनि अहिलेसम्म साह केन्द्रीय समिति बैठकमा सहभागी भएको थिएनन्। सचिवालय बैठकहरूमा पनि उनको उपस्थिति देखिएको थिएन। यसअघि बैठक छलेको भन्दै उनीमाथि आलोचना पनि भइरहँदै आएको थियो।
आज सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहणपछि केन्द्रीय कमिटी बैठक बस्दै छ। बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने र साहलाई संसदीय दलको नेता बनाएपछि आजै संसदीय दलको बैठक पनि बस्ने तयारी रहेको पार्टीका नेताहरूले बताएका छन्।
The post बालेन्द्र साह रास्वपाको केन्द्रीय कमिटी बैठकमा पहिलो पटक सहभागी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....