ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सकियो कमला मिसको छायाँकन
2082 General Election

सकियो कमला मिसको छायाँकन

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 10:17 AM 44 views
साहित्यकार विजय मल्लको चर्चित कथामाथि निर्माणाधीन फिल्म कमला मिसको छाया“कन पूरा भएको छ।निर्माण पक्षका अनुसार फागुन १ गते सुरु गरिएको फिल्मको सम्पूर्ण सुटिङ कार्य हालै पूरा भएको हो। लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) का अनुसार फिल्मको छायाँकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण ३ दिन छाया“कन स्थगित भए पनि निर्धारित तालिकाभित्रै […]

साहित्यकार विजय मल्लको चर्चित कथामाथि निर्माणाधीन फिल्म कमला मिसको छाया“कन पूरा भएको छ।
निर्माण पक्षका अनुसार फागुन १ गते सुरु गरिएको फिल्मको सम्पूर्ण सुटिङ कार्य हालै पूरा भएको हो। लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) का अनुसार फिल्मको छायाँकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण ३ दिन छाया“कन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको उनले जानकारी गराए।

मनोवैज्ञानिक कथावस्तुमा आधारित कमला मिस नीर शाहको निर्देशनमा बनिरहेको छ। निर्देशक नीर शाहका साथ रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरिरहेकी छन्।

उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माता तथा पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहेको फिल्ममा कथा विजय मल्ल, पटकथा र संवाद निर्देशक नीर शाह र प्रजल दुलाल, संगीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने र छायाँकन शिवराम श्रेष्ठको रहेको छ। नीर शाहले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान, सेतोबाघजस्ता फिल्म निर्देशन गरेका छन्।

election election 2082