ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आज सांसदको शपथ, भोलि वैदिक विधिअनुसार प्रधानमन्त्रीको
2082 General Parties Update

आज सांसदको शपथ, भोलि वैदिक विधिअनुसार प्रधानमन्त्रीको

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 8:36 AM 50 views
<p>काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट आएको ताजा जनादेश कार्यान्वयनतर्फ अघि बढेको छ । निर्वाचित ज्येष्ठ सदस्य अर्ज ुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराएपछि देश नयाँ जनादेश कार्यान्वयन चरणमा प्रवेश गरेको हो । २ सय ७४ सांसदले बिहीबार (आज) शपथ लिँदै छन् भने शुक्रबार प्रधानमन्त्रीले शपथ लिने कार्यक्रम छ । [&#8230;]</p> <p>The post आज सांसदको शपथ, भोलि वैदिक विधिअनुसार प्रधानमन्त्रीको appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट...

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट आएको ताजा जनादेश कार्यान्वयनतर्फ अघि बढेको छ । निर्वाचित ज्येष्ठ सदस्य अर्ज ुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराएपछि देश नयाँ जनादेश कार्यान्वयन चरणमा प्रवेश गरेको हो । २ सय ७४ सांसदले बिहीबार (आज) शपथ लिँदै छन् भने शुक्रबार प्रधानमन्त्रीले शपथ लिने कार्यक्रम छ ।

ताजा जनादेश कार्यान्वयन सुरु

झन्डै दुईतिहाइ (१ सय ८२ सिट) बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार (भोलि) प्रधानमन्त्री पदको शपथ लिँदै छन् । ज्येष्ठ सदस्य केसी सभामुख निर्वाचित नभएसम्मका लागि सभामुखको भूमिकामा हुने छन् । केसीले अन्य सांसदलाई बिहीबार (आज) शपथ गराउँदै छन् । नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका केसी कांग्रेसबाट दलको नेता बन्ने अवसरसमेत पाउनसक्ने चर्चा छ । राष्ट्रिय पञ्चायत सदस्य भएका केसी तत्कालीन सूर्यबहादुर थापा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री भएका थिए ।

पञ्चायतकालमा दुईपटक र बहुदलकालमा तीनपटक मन्त्री भएका केसीलाई कांग्रेस यसपटक दलको नेता बनाउन सक्छ । उनले प्रमुख प्रतिपक्षी दलका नेताको भूमिकासमेत निर्वाह गर्नुपर्ने हुन्छ । नवनिर्वाचित संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने हुन्छ । त्यतिबेलासम्मका लागि केसी नै ‘काम चलाउ सभामुख’को भूमिकामा हुने छन् ।

प्रधानमन्त्रीको शपथमा वैदिक विधि
बिहीबार सांसदले शपथ लिएसँगै शुक्रबार प्रधानमन्त्रीले शपथ लिँदै छन् । प्रधानमन्त्री बन्न लागेका रास्वपा वरिष्ठ नेता शाहलाई पार्टीले दलको नेता बनाउन केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार नै रास्वपा केन्द्रीय समिति तथा दलको बैठक बस्ने बताइएको छ । रास्वपा स्रोतका अनुसार बालेन शाहको शपथग्रहणका लागि शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा साइत जु¥याइएको छ । सोही अनुसारको साइतमै शपथ लिने ब्यहोराको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ ।

रास्वपा सांसद राजीव खत्रीका अनुसार प्रधानमन्त्री बालेनको शपथग्रहण कार्यक्रममा १ सय ८ बटुकले स्वस्ति वाचन गर्ने, १ सय ७ बौद्ध लामागुरुबाट मंगलबाचन र ७ ब्राह्मणको शंखनादसहित शंखध्वनीले गुञ्जनेगरी सनातन धर्मबाट सम्पन्न गरिने छ । ‘१०८ बटुकले स्वस्ति–शान्ति वाचन गर्ने । १०७ बौद्ध लामा गुरुहरूबाट मंगलवाचन गराइने, ७ ब्राह्मणको शंखनादसहित शंखध्वनिले गुञ्जने अर्थात् सनातन धर्मबाट गुञ्जायमान बनाउने,’ खत्रीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘धर्ममा राजनीति गर्ने होइन, यसरी आस्था राख्ने हो ।

आफ्नो संस्कार र परम्परा अंगाल्ने, अरूको संस्कार र परम्पराको सम्मान गर्ने हो । अब तीन करोड नेपालीको प्रतिष्ठा उच्चो हुने र सामूहिक समृद्धि, सुख र विकासको हाइवे तयार हुने निश्चित छ । सबैको मंगल होस् ।’

शक्ति बाँडफाँट कसरत
शुक्रबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन बढीमा १८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने रास्वपा वरिष्ठ नेता शाहको तयारी छ । शाह नेतृत्वमा सरकार गठन तयारी गरेको रास्वपाले मन्त्रीदेखि सभामुखसम्म बनाउन मापदण्ड नै बनाएको छ । स्रोतका अनुसार सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद (डीपी) अर्याल, पूर्वउपसभामुख इन्दिरा रानामगर, सोविता गौतम, प्रतिभा रावललगायतको नाम चर्चामा छ ।

अर्याललाई गृहमन्त्री बनाउने सहमति जुटेको रास्वपाका नेताले दाबी गरे पनि अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता शाहले नै अन्तिम नाम तय गर्ने सहमति भएको छ । शाह मन्त्रिपरिषद् संख्या १८ सम्ममा राख्नेगरी तयारीमा जुटेका छन् । तर, मन्त्रीका आकांक्षी बढ्दो छ । अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेको नाम टुंगो लागे पनि अन्य मन्त्रीको नामावली टुंगो लागेको छैन ।

रास्वपा महामन्त्री मन्त्रीमण्डल’bout छलफल भए पनि ‘को–को मन्त्री हुने ?’ भन्ने टुंगो नलागेको जनाएका छन् । छलफल जारी रहेको बताउँदै उनले प्रधानमन्त्रीसँगै मन्त्रीले समेत शपथ लिने छन् । रास्वपा स्रोतका अनुसार मन्त्री हुनेको दौडधुप बढेको छ । आकांक्षी धेरै भएकाले नेतृत्वलाई व्यवस्थापन गर्न सकस परेको छ । गृह, परराष्ट्र,रक्षासहितका मन्त्रालयमा ‘कसलाई पठाउने ?’ भन्ने’bout नेतृत्वलाई तनाव छ ।

गृह, परराष्ट्र, रक्षासहितका मन्त्रालय भावी प्रधानमन्त्री शाहले आफूनिकटका नेतालाई दिन खोजेका छन् । तर, रास्वपा सभापति लामिछानेले यी मन्त्रालयमा आफूनिकटका नेतालाई पठाउन खोजेपछि टुंगो लगाउन सकस भएको हो । गृह मन्त्रालयको जिम्मेवारी डीपी अर्याल र सुनिल लम्सालको दाबी छ । वाग्ले र अर्याल दुवै पार्टीको उपसभापति हुन् । तर, शाहले गृहमा लम्साललाई ल्याउन खोजेका छन् ।

परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र डा.अमरेशकुमार सिंह, शिक्षामा सस्मित पोखरेल, स्वास्थ्यमा डा.तोसिमा कार्की र लेखजंग थापाको चर्चा छ । पर्यटनमा सुदन गुरुङ, धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ तथा कानुन मन्त्रालयमा सोविता गौतमको चर्चा छ । रास्वपा प्रवक्ता मनीष झा, अरविन्द साह, गणेश पराजुलीलगायत मन्त्री हुने चर्चा रास्वपाभित्र छ ।

The post आज सांसदको शपथ, भोलि वैदिक विधिअनुसार प्रधानमन्त्रीको appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082