ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेन्द्रलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा : भोलि प्रधानमन्त्रीको शपथ लिने तयारी
2082 General Candidates

बालेन्द्रलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा : भोलि प्रधानमन्त्रीको शपथ लिने तयारी

Inquiry Nepal Inquiry Nepal March 26, 2026 at 8:15 AM 39 views
रास्वपाकी समानुपातिक सांसद (निर्वाचित) लिमा अधिकारीका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरिएको छ। बैठक आज दिउँसो चार बजे वनस्थलीमा बस्दैछ।

रास्वपाकी समानुपातिक सांसद (निर्वाचित) लिमा अधिकारीका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्नेछ। शाहलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान संशोधनको तयारी समेत गरेको छ।

नवनिर्वाचित सांसदहरूले आज दिउँसो दुई बजे शपथ लिने कार्यक्रम छ। रास्वपाबाट बालेन्द्रले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।

candidates election 2082