काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार दिउँसो तय गरिएको छ।
बिहीबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बताए। शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ।
नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन्। केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
The post नवनिर्वाचित सांसदको शपथ ग्रहण बिहीबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....