ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बझाङमा निर्वाचन सुरक्षा कडा पार्न गृहमन्त्रीको निर्देशन
2082 General Election

बझाङमा निर्वाचन सुरक्षा कडा पार्न गृहमन्त्रीको निर्देशन

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 4:57 PM 59 views
बझाङ। आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार हेलिकप्टरमार्फत बझाङ पुगेका छन् । उनले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै शान्तिसुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी लिएका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरिने बताए । […]

बझाङ।

आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार हेलिकप्टरमार्फत बझाङ पुगेका छन् । उनले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै शान्तिसुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी लिएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरिने बताए । उनले भने, ‘विगतका निर्वाचनमा देखिएका कमजोरी दोहोरिन दिन्नौँ । प्रशासन अहिले निष्पक्ष र स्वतन्त्र छ, सक्षम पनि छ ।’

प्रमुख जिल्ला अधिकारी मुकेश केशरीलाई उद्धृत गर्दै उनले प्रशासनिक संयन्त्र निर्वाचन सम्पन्न गराउन तयार रहेको बताए । मन्त्री अर्यालले बझाङको भौगोलिक विकटता र विगतमा देखिएका राजनीतिक जटिलताबारे उल्लेख गर्दै अघिल्ला चुनावमा धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि भएको सन्दर्भ स्मरण गर्दै यसपालि त्यस्ता गतिविधि दोहोरिन नदिने बताए ।

निर्वाचनविरुद्ध गतिविधि गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने उनको चेतावनी दिएका छन् । उनले भने,‘राष्ट्रसेवक कर्मचारी होस्, सर्वसाधारण मतदाता होस्, उम्मेदवार, कार्यकर्ता वा अन्य कुनै व्यक्ति—कसैले पनि निर्वाचनविरुद्ध काम गरे कानुनी दायरामा ल्याइन्छ ।’

संवाद र समन्वयबाट सम्भावित समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गर्दै उनले आवश्यक परे नियन्त्रणमा लिनसमेत पछि नहट्ने बताए । ‘हामी निर्वाचन मात्र गराउँदैनौँ, कानुन उल्लंघन गर्नेहरूलाई सजाय दिलाउँछौँ ।’ उनले भने मन्त्री अर्यालले सबै सरोकारवाला पक्षलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन् ।

election election 2082