ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

पार्टी पराजयको कारण खोज्दै योगेशले मागे सुझाव

Inquiry Nepal Inquiry Nepal March 23, 2026 at 4:31 PM 57 views
<p>काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्दै सुझाव माग गरेका छन् ।सामाजिक सञ्जालमार्फत भट्टराईले भट्टराईले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। उनले लेखेका छन् ‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो [&#8230;]</p> <p>The post पार्टी पराजयको कारण खोज्दै योगेशले मागे सुझाव appeared first on RONB post.</p>

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्दै सुझाव माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले भट्टराईले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीले आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले लेखेका छन् ‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ । समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्छ,’ भट्टराईले भनेका छन्, ‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुर्नगठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ्नु पर्दछ ।

समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ ।’ यसका लागि निम्न विषयमा राय, सुझाब, टिप्पणी पठाउन अनुरोध गर्दछु ।

पहिलो, निर्वाचनमा पार्टीको कमजोर नतिजाका कारण—नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, एजेण्डा र प्रचारलगायत आन्तरिक तथा बाह्य पक्षको विश्लेषण। दोस्रो, पार्टी रूपान्तरणका लागि आवश्यक सुधारका ठोस प्रस्ताव तथा त्यसको विधि र प्रक्रिया। तेस्रो, पार्टीका सबल र कमजोर पक्षसहित भविष्यको सम्भावनाबारे धारणा।

यसका लागि विभिन्न राय सुझाव पठाउन माग गर्दै उनले तीन वटा बुँदामा टिप्पणी पठाउन समेत आग्रह गरेका छन् । उनले आफ्नो इमेल र फोन नम्बर सार्वजनिक गर्दै सुझाव पठाउन पनि पार्टी पंक्तिलाई भनेका छन् ।

The post पार्टी पराजयको कारण खोज्दै योगेशले मागे सुझाव appeared first on RONB post.

parties election 2082