ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

राजीनामा अस्वीकृत भएपछि गगन थापा भोलि कांग्रेस बैठकमा सहभागी हुँदै

Inquiry Nepal Inquiry Nepal March 23, 2026 at 3:14 PM 61 views
काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । बैठकले सभापति गगन थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक […]

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो ।

बैठकले सभापति गगन थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय लिएको थियो । साथै, निर्वाचनबारे प्रारम्भिक समीक्षा पनि गरेको थियो । मंगलबार बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने नेताहरूले बताएका छन् ।

भोलिको बैठकमा सभापति थापा पनि उपस्थित हुनेछन् । निर्वाचनपछि थापा पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । शुक्रबार र आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको थियो । अब सभापति थापाकै अध्यक्षतामा बैठक बस्ने नेताहरूको भनाइ छ ।

parties election 2082