ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 4:36 PM 66 views
<p>झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । कमल गाउँपालिका गेउरियामा आज आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए । उपमहासचिव भट्टराईले सबै नेता–कार्यकर्ताले निर्वाचनमा आ–आफ्नो स्थानमा [&#8230;]</p> <p>The post आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव...

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

कमल गाउँपालिका गेउरियामा आज आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए ।

उपमहासचिव भट्टराईले सबै नेता–कार्यकर्ताले निर्वाचनमा आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले झापामा एमालेको विजय सिङ्गो पार्टीको प्रतिष्ठासँग गाँसिएकाले जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नुपर्ने बताए ।

उनले भने, “यो देशको स्वाभिमानलाई माथि उठाउन, राष्ट्रियतालाई सुदृढ बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) विजयी हुनुपर्छ ।”

The post आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082