ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
महत्वपूर्ण संवैधानिक नियुक्तिमै मिचियो संविधान
2082 General Parties Update

महत्वपूर्ण संवैधानिक नियुक्तिमै मिचियो संविधान

Inquiry Nepal Inquiry Nepal March 22, 2026 at 3:24 PM 68 views
<p>कहिले पाउला देशले नयाँ प्रधानन्यायाधीश ? प्रधानन्यायाधीश नियुक्ति अघि…–प्रधानमन्त्रीको नियुक्ति–मन्त्रीको चयन–सभामुख र उपसभामुखको चयन–विपक्षी दलको नेता चयन–संसदीय सुनुवाइ समिति गठन–संवैधानिक परिषद्को गठन काठमाडौं । राजनीति सब ठीकठाक चलेको भए निर्वाचनको तीन दिनअघि अर्थात् १८ फागुनमै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुने थियो । राजनीति लयमा नचलेका कारण पद रिक्त हुने १० दिन अघिसम्म नयाँ प्रधानन्यायाधीश नियुक्तिको [&#8230;]</p> <p>The post महत्वपूर्ण संवैधानिक नियुक्तिमै मिचियो संविधा...
कहिले पाउला देशले नयाँ प्रधानन्यायाधीश ?

प्रधानन्यायाधीश नियुक्ति अघि…
–प्रधानमन्त्रीको नियुक्ति
–मन्त्रीको चयन
–सभामुख र उपसभामुखको चयन
–विपक्षी दलको नेता चयन
–संसदीय सुनुवाइ समिति गठन
–संवैधानिक परिषद्को गठन

काठमाडौं । राजनीति सब ठीकठाक चलेको भए निर्वाचनको तीन दिनअघि अर्थात् १८ फागुनमै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुने थियो । राजनीति लयमा नचलेका कारण पद रिक्त हुने १० दिन अघिसम्म नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियासमेत सुरु भएको छैन । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उमेर हदका कारण आगामी १८ चैतबाट अनिवार्य अवकाश पाउँदैछन् । संविधानअनुसार उनले अवकाश पाउनु १ महिनाअघि नै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस भइसक्नुपर्ने हो ।

तर जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृश्यका कारण प्रधानन्यायाधीश राउतले अवकाश पाएको कम्तीमा १५ दिनसम्म पनि देशले नयाँ प्रधानन्यायाधीश नपाउने पक्का देखिएको छ ।
प्रधानन्यायाधीश नियुक्ति हुनका लागि कम्तीमा ७ वटा महत्वपूर्ण नियुक्ति, निर्वाचन र मनोनयन हुनुपर्ने अवस्था देखिएका कारण राउतपछि देशको न्यायालय लामो समयसम्म कायममुकायमको भरमा चल्ने भएको छ ।

१८ चैत २०१७ सालमा जन्मिएका राउतले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायमको जिम्मेवारी सम्हाल्नेछिन् ।
दुईतिहाइ नजिकको सरकारले न्यायालयको परम्परा भत्काउन नचाहेको अवस्थामा सबै प्रक्रिया पूरा गरेर मल्ललाई प्रधानन्यायाधीशका रूपमा नियुक्त गर्न सरकार गठन भएपछि पनि कम्तीमा १५ दिन लाग्ने देखिएको छ ।

संविधानको धारा २८४ को उपधारा ३ मा संवैधानिक परिषदले प्रधानन्यायाधीश या संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस १८ फागुनअघि नै भइसक्नुपर्ने हो । तर सिफारिसको संवैधानिक ‘डेडलाइन’ सकिएको १ महिनामा पनि नियुक्तिको सम्भावना छैन । प्रधानन्यायाधीशको नियुक्तिका लागि न्यायपरिषदले रोलक्रममा रहेका तीन जना न्यायाधीशको रोष्टर संवैधानिक परिषदमा पठाउनुपर्ने व्यवस्था छ । यसरी नाम प्राप्त भएपछि संवैधानिक परिषदको बैठक बसेर
नियुक्तिका लागि सिफारिस गर्दै संसदीय सुनुवाइ विशेष समितिमा अनुमोदनका लागि नाम पठाउनुपर्ने व्यवस्था छ । तर संवैधानिक परिषद्को गठनदेखि संसदीय सुनवाइ विशेष समितिसम्म बन्न अझै कम्तीमा १५ दिन लाग्ने देखिएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक परिषदमा प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानन्यायाधीश सदस्य हुन्छन् । तर प्रधानन्यायाधीश नियुक्तिको लागि बस्ने बैठकमा भने उनको स्थानमा कानुनमन्त्री सदस्य हुने व्यवस्था छ ।
संवैधानिक परिषद् गठन हुन प्रधानमन्त्री चयनदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुँदै कानुनमन्त्रीसम्मको चयन जरुरी छ । संघीय संसद् सचिवालयले १२ फागुनमा संसदहरुको शपथग्रहण तय गरेको छ भने १३ चैतमा प्रधानमन्त्रीले शपथग्रहण गर्दैछन् ।

प्रधानमन्त्रीको शपथ र सरकार गठनले मात्र संवैधानिक परिषद् बस्न सम्भव छैन । सभामुख र उपसभामुखको निर्वाचनसँगै विपक्षी दलले संसदीय दलको नेता चयन गरेपछि बल्ल संवैधानिक परिषद् गठन हुन्छ । संवैधानिक परिषद् गठन भएर सिफारिस भए पनि प्रतिनिधिसभाबाट संसदीय सुनुवाइ समिति बनेर सुनुवाइ गरी अनुमोदन नगरेसम्म प्रधानन्यायाधीश नियुक्ति असम्भव छ ।

यसअघि पनि लामो समय न्यायपालिका कायममुकायमको भरमा चल्ने गरेको थियो । दुईतिहाइ नजिकको सरकार गठन हुँदै गर्दा प्रक्रियागत ढिलाइका कारण यसपटक पनि न्यायपालिकाले संवैधानिक प्रावधानअनुसारको समयमा प्रधानन्यायाधीश नपाउने निश्चित देखिएको हो ।

The post महत्वपूर्ण संवैधानिक नियुक्तिमै मिचियो संविधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082