ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कांग्रेसमा चुनावी समीक्षाः पराजयको कारण २७, आशाका आधार ७
2082 General Parties Alert

कांग्रेसमा चुनावी समीक्षाः पराजयको कारण २७, आशाका आधार ७

Inquiry Nepal Inquiry Nepal March 21, 2026 at 2:12 PM 85 views
<p>काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचन पराजयका २७ आधार र अझै उठ्नसक्ने ७ आधारसहितको निष्कर्ष निकालेको छ । केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले ‘पराजयका कारण र अझै उठ्न सकिने आधार प्रस्तुत गर्दै २१ फागुनको निर्वाचनको दोष अघिल्लो नेतृत्व र तत्कालीन क्रियाकलाप’लाई देखाएका छन् । जनचाहनाविपरित भएको कांग्रेस–एमाले गठबन्धन सरकार र तत्कालीन पार्टी [&#8230;]</p> <p>The post कांग्रेसमा चुनावी समीक्षाः पराजयको कारण २७, आशाका आधार ७ appeared first on राजधानी राष्ट्रि...

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचन पराजयका २७ आधार र अझै उठ्नसक्ने ७ आधारसहितको निष्कर्ष निकालेको छ । केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले ‘पराजयका कारण र अझै उठ्न सकिने आधार प्रस्तुत गर्दै २१ फागुनको निर्वाचनको दोष अघिल्लो नेतृत्व र तत्कालीन क्रियाकलाप’लाई देखाएका छन् ।

जनचाहनाविपरित भएको कांग्रेस–एमाले गठबन्धन सरकार र तत्कालीन पार्टी नेतृत्वका कारण उत्पन्न असन्तुष्टिका कारण अप्रत्याशित पराजय व्यहोर्नुपरेको निष्कर्षसहित शर्माले प्रतिवेदन प्रस्तुत गरेका हुन् । विशेष महाधिवेशनलगत्तै निर्वाचनमा होमिएका कारण यो परिणामको नेतृत्व लिएर सभापति गगन थापाले राजीनामा दिनु नपर्ने कांगे्रस नेताहरूको निष्कर्ष छ ।

ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबारबाट सुरु नेपाली कांगे्रसको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएका दुई प्रस्तावमा बोल्ने अधिकांश नेताले निर्वाचन समीक्षामा ‘कांगे्रस–एमालेको गठबन्धन सरकारका कारण निर्वाचनको पराजय भएको’ बताए । तत्कालीन कांगे्रस सभापति शेरबहादुर

देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण भएको निर्वाचन पराजयको नेतृत्व वर्तमान नेपाली कांगे्रसले लिनु नपर्ने नेताहरूको तर्क छ । बैठकमा दुई एजेण्डा प्रस्तुत भएको र नेताहरूले धारणा राखेको सहमहामन्त्री उदयशमशेर राणाले जानकारी दिए । नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताए ।

‘पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने’ टिप्पणी गर्दै उनले ‘थापाले राजीनामा अस्वीकार गर्नुपर्ने’ मा जोड दिए । ‘५० दिनको अवधिमा विगत वर्षौंदेखि थुप्रिएका विकृति र विसंगति तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा के गर्न सकिन्छ र ?’ केसीले प्रश्न गरे ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले १४ पृष्ठको प्रतिवेदन प्रस्तुत गर्दै निर्वाचन पराजयको केस्रा केलाएका छन् । सो प्रतिवेदनले विशेष महाधिवेशन र नवनिर्वाचित सभापति थापालाई भने दोषमुक्त बनाएको छ । प्रतिस्पर्धी दलले अगाडि सारेका भावनात्मक नारा र छरिएका भ्रम चिर्न नसकेकोबाहेक नेतृत्वलाई कुनै पनि आरोप नलगाई हारको जिम्मेवारी लिनुपर्ने अवस्थाबाट शर्माको प्रतिवेदनले उन्मुक्ति दिएको छ ।

विद्यमान परिस्थिति सम्हाल्ने गहन दायित्व नेतृत्वमा रहने बताउँदै शर्माले थापाको राजीनामा केन्द्रीय समितिले अस्वीकृृतसहित नेपाली कांगे्रसले सुधारिएको भावसहित नयाँ आशा जोगाएर जानुपर्नेमा जोड दिए । कांगे्रसले नेतृत्व हस्तान्तरण र कांगे्रसको परिमार्जनका प्रश्नमा गम्भीर नबन्नुको परिणाम, स्थिर सरकार नपाउनुले नागरिकका फैलिएको असन्तोष चित्रण शर्माले गरेका छन् ।

बितेका ७५ वर्षमा लगातार पाँच वर्ष शासन गर्ने प्रधानमन्त्री नपाएकै कारण जनतामा उत्पन्न असन्तुष्टिले स्थिर सरकारको आशास्वरुप रास्वपाले अगाडि सारेको प्रधानमन्त्रीलाई मतदाताले विश्वास गरेको शर्मा प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनमा शर्माले लेखेका छन्, ‘बितेका ३४ वर्षमा २५ वटा सरकार बने, यसले जनता एकदमै असन्तुष्ट थिए ।’ हरेक नयाँ सरकार परिवर्तन हुँदा पुरानै प्रधानमन्त्री दोहोरिने कुराले नागरिकमा वितृष्णा फैलिएको भन्दै पार्टीभित्र वैकल्पिक नेतृत्व निर्माण र पुस्तान्तरण मुद्दालाई शर्माले प्रतिवेदनमार्फत स्थापित गरेका छन् ।

यसअघि, पनि नागरिकले असन्तुष्टि जनाएको भन्दै तेस्रो तथा अन्तिम किस्ताका रूपमा यो हार भएको शर्माको निष्कर्ष छ । शर्माको प्रतिवेदनले २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान र धनगढीको मतपरिणामलाई पहिलो किस्ताका रूपमा व्याख्या गरेका छन् । शर्माले दोस्रो किस्ताका रूपमा २०७९ सालको संघीय निर्वाचनमा तत्कालै बनेको दललाई दिएको विश्वास र संसद् प्रवेशको अवस्था चित्रण गरेका छन् भने तेस्रो तथा अन्तिम किस्ताका रूपमा गत २३ र २४ भदौको जेनजी विद्रोह र त्यसपछिको निर्वाचनको सन्दर्भ उठाएका छन् ।

शर्माले २७ बुँदामा निर्वाचन तथा नेतृत्वको कडा समीक्षा गरेका छन् भने सभापतिको राजीनामा अस्वीकार गर्न थापालाई ‘हनिमुड पिरियड’का रूपमा छुट दिनुपर्ने दाबी गरिएको छ । नेतृत्व सम्हालेको सुरुवाती सय दिनलाई ‘हनिमुन पिरियड’का रूपमा छुट दिने चलन राजनीतिमा भएको स्मरण गराइएको छ । ‘वार्म अप अवधिमा भएका कामको जिम्मेवारी लिएर राजीनामा दिनु संकटको बेला मोर्चा छोडेजस्तो हुने’ प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनमा पराजित भइरहँदा पनि कांगे्रस नेतृत्वले स्थापित गरेका तथ्यमा आधारित भएर नवनिर्माणको सम्भावना भएको बताउँदै शर्माको प्रतिवेदनमा ‘जिम्मेवार प्रतिपक्ष र संसद्को दोस्रो दलको हैसियत बचाएर संघर्ष राख्न सभापति थापाको नेतृत्व निरन्तरताको दाबी’ गरिएको छ ।

The post कांग्रेसमा चुनावी समीक्षाः पराजयको कारण २७, आशाका आधार ७ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082