ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

गगन थापाको राजीनामा अस्वीकृत गरी जिम्मेवारीमा फर्काउने तयारी

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 10:50 AM 81 views
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । चुनावी समीक्षा र सभापति गगन थापाले पदबाट दिएको राजीनामा बैठकका प्रमुख एजेन्डा रहेको नेताहरुले बताएका छन् । सभापति राजीनामा स्वीकृत गर्ने, नगर्नेबारे निर्णयका लागि शुक्रबार १ बजे बैठक बोलाइएको छ । शुक्रबारको बैठकले उनको राजीनामा अस्वीकृत गरेपछि थापालाई नै पार्टी सभापतिको जिम्मेवारीमा फर्काउने तयारी छ। […]

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । चुनावी समीक्षा र सभापति गगन थापाले पदबाट दिएको राजीनामा बैठकका प्रमुख एजेन्डा रहेको नेताहरुले बताएका छन् । सभापति राजीनामा स्वीकृत गर्ने, नगर्नेबारे निर्णयका लागि शुक्रबार १ बजे बैठक बोलाइएको छ ।

शुक्रबारको बैठकले उनको राजीनामा अस्वीकृत गरेपछि थापालाई नै पार्टी सभापतिको जिम्मेवारीमा फर्काउने तयारी छ। शुक्रबारको बैठकको सुरुवात भने शर्माको अध्यक्षतामा गर्ने तयारी छ। बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने भएको छ। पार्टीको नेतृत्वका लागि उनी नै उपयुक्त पात्र भएको भन्दै पार्टीले अस्वीकार गर्न लागेको हो। थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए।

शर्माले नै राजीनामा अस्वीकृत हुने बताइसकेका छन्। सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष दिनु न्यायसंगत नहुने तर्क गरेका हुन्। सभापति थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्। ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक । तर, यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामापत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ। डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन,’ शर्माले भनेका छन्।

parties election 2082