ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एन्फालाई निर्वाचन स्थगित गर्न राखेपको पत्र
2082 General Election

एन्फालाई निर्वाचन स्थगित गर्न राखेपको पत्र

Inquiry Nepal Inquiry Nepal March 20, 2026 at 11:45 AM 46 views
काठमाडौं । यही चैत १३ गतेदेखि गर्ने तय गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्ली निर्वाचन स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई पत्र काटेको छ । राखेपले यसरी पत्र काटेको यो तेस्रोपटक हो । यसअघि पनि माघ २८ गते अर्ली निर्वाचन गर्न एन्फा तम्सकेको थियो । एन्फाले राखेपसँग कुनै छलफल नगरेर पुनः […]

काठमाडौं ।

यही चैत १३ गतेदेखि गर्ने तय गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्ली निर्वाचन स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई पत्र काटेको छ । राखेपले यसरी पत्र काटेको यो तेस्रोपटक हो । यसअघि पनि माघ २८ गते अर्ली निर्वाचन गर्न एन्फा तम्सकेको थियो ।

एन्फाले राखेपसँग कुनै छलफल नगरेर पुनः निर्वाचन तालिका सार्वजनिक गरेपछि राखेपले चेतावनी पत्र काटेको छ । राखेपले पुसमै एन्फालाई तहगत निर्वाचन गर्न पत्र काटेको थियो ।

राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार परिषद्को स्वीकृति बिना हुने साधारण सभा र निर्वाचन मान्य नहुने स्पष्ट पारेको छ । यसरी राखेपले नियमअनुसार चल्न भनेपनि एन्फाले निर्वाचन प्रक्रिया अघि बढाइ नै रहेको छ ।

पत्रमा अब तत्काल सबै प्रक्रिया स्थगित गर्न र पत्र प्राप्त भएको मितिले ३ दिनभित्र लिखित जानकारी दिन निर्देशन दिइएको छ । राखेपले पटक–पटक दिएको निर्देशन अटेरी गरे कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ ।

एन्फाको साविक निर्वाचन आगामी वर्ष असारमा हुनु पर्ने हो । तर, एन्फाका अध्यक्ष पंकज नेम्वाङको टोलीले अर्ली निर्वाचन गर्न लागिरहेको छ । यस विषयमा नाम नखुलाउन भन्दै एक क्लबका पदाधिकारीले बताए–अहिलेको एन्फा अध्यक्षसहित प्रायजसो पदाधिकारी फुटबल नै नबुझ्ने खालका छन् । यसैले उनीहरू एन्फा नै कब्जा गर्न लागि परेको छ । उनीहरू फुटबल जे सुकै होस् खालि पद बचाउन मात्रै लागिरहेका छन् । उनीहरूले नेपाली फुटबल ध्वस्त बनाइसकेको छ ।

पुसदेखिको घटनाक्रम
–एन्फाले पुस १६ गते माघ २८ गते निर्वाचन गर्न मिति तोकेको ।
–तहगत निर्वाचनको माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि निर्वाचन रोकियो ।
–फागुन २७ गते निर्वाचन गर्न दोस्रो पटक मिति तोकेको ।

–निर्वाचन आयोगले निर्वाचन रोक्न पत्राचार गरेको ।
–सुरक्षा हस्तक्षेपपछि दोस्रोपटक निर्वाचन स्थगित भएको ।
–एन्फाले चैत १३ गते निर्वाचन गर्न तेस्रोपटक मिति तोकेको ।

election election 2082