ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
२१ दिनमै ‘कार्की साइँला’को छायांकन सके जितुले
2082 General Election Update

२१ दिनमै ‘कार्की साइँला’को छायांकन सके जितुले

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 1:06 PM 53 views
<p>काठमाडौं । चलचित्र ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा अभिनेता जितु नेपाल शीर्ष भूमिकामा छन् । यसमा आफूले २०३५ सालतिर ढाकरमा सामान बोकेर बजारबाट गाउँसम्म लैजाने भरियाको भूमिका निर्वाह गरेको जितुले बताए । २१ फागुनको संसदीय निर्वाचन अघि करिब ६० प्रतिशत छायांकन गरिएको यो चलचित्रको जम्मा २१ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । [&#8230;]</p> <p>The post २१ दिनमै ‘कार्की साइँला’को छायांकन सके जितुले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily....

काठमाडौं । चलचित्र ‘कार्की साइँला’को छायांकन सम्पन्न भएको छ । चलचित्रमा अभिनेता जितु नेपाल शीर्ष भूमिकामा छन् । यसमा आफूले २०३५ सालतिर ढाकरमा सामान बोकेर बजारबाट गाउँसम्म लैजाने भरियाको भूमिका निर्वाह गरेको जितुले बताए ।

२१ फागुनको संसदीय निर्वाचन अघि करिब ६० प्रतिशत छायांकन गरिएको यो चलचित्रको जम्मा २१ दिनमा सम्पूर्ण छायांकन सकिएको छ । एक महिनाको छायांकन लक्ष्य लिएकोमा मौसमले साथ दिएका कारण २१ दिनमा सबै छायांकन सकिएको जितुले राजधानीलाई बताए ।

राजेन्द्र बस्नेत निर्देशित यो चलचित्रको धनकुटासँगै सुनसरीको चतरा, वराहक्षेत्रमा छायांकन गरिएको थियो । चलचित्रमा आफ्नो भूमिका’bout जितुले भने,‘चार दशक अघि धनकुटामा कार्की साइँला भन्ने निकै रसिक र सबैलाई सहयोग गर्ने भरिया थिए रे । तीनै भरियाको जीवनमा आधारित रहेर लेखिएको कथा मलाई मन परेपछि मैले यो भूमिका निर्वाह गरेको हुँ’, चलचित्रमा काम गर्दा त्यति बेलाका भरियाहरूको संघर्ष र पीडा पनि आफूले महसुस गर्ने अवसर पाएको जितुले बताएका छन् ।

‘कार्की साइँला’ मा जितुसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मानसी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बालकुमार राई निर्माता रहेको यस चलचित्रका प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ हुन् । चलचित्रलाई डम्बर राईले खिचेका छन् । जसमा किरण दाहालको द्धन्द्ध निर्देशन, दिप्सन लिम्बुको संगीत रहेको छ ।

The post २१ दिनमै ‘कार्की साइँला’को छायांकन सके जितुले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082