ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सेनेगलसँग उपाधि खोसियो, मोरक्कोलाई विजेता घोषित
2082 General Results Result

सेनेगलसँग उपाधि खोसियो, मोरक्कोलाई विजेता घोषित

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 11:00 AM 60 views
लन्डन, (एजेन्सी) । गत जनवरीमा फाइनल जितेर अफ्रिका कप अफ नेसन्सको विजेता बनेको सेनेगलसँग मंगलबार उपाधि खोसिएको छ । जनवरी १८ मा भएको फाइनलमा सेनेगलले आयोजक टोली मोरक्कोलाई १–० ले हराएर उपाधि जितेको थियो । तर, अफ्रिकन फुटबल महासंघले मंगलबार सेनेगलको जितको नतिजा उल्ट्याएर मोरक्कोलाई ३–० को जित भएको घोषणा गरेको थियो । योसँगैं अफ्रिका […]

लन्डन, (एजेन्सी) ।

गत जनवरीमा फाइनल जितेर अफ्रिका कप अफ नेसन्सको विजेता बनेको सेनेगलसँग मंगलबार उपाधि खोसिएको छ । जनवरी १८ मा भएको फाइनलमा सेनेगलले आयोजक टोली मोरक्कोलाई १–० ले हराएर उपाधि जितेको थियो । तर, अफ्रिकन फुटबल महासंघले मंगलबार सेनेगलको जितको नतिजा उल्ट्याएर मोरक्कोलाई ३–० को जित भएको घोषणा गरेको थियो । योसँगैं अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि विजेता मोरक्को भएको छ ।

उक्त फाइनल खेलमा निर्धारित समय सकिन लाग्दा मोरक्कोलाई पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीहरूले विरोध गर्दै केही समय खेल्न अस्वीकार गरेका थिए । करिब १७ मिनेटपछि खेल फेरि सुरु भयो । त्यसपछि ब्राहिम डियाजले प्रहार गरेको पेनाल्टीलाई सेनेगलका गोलकीपरले बचाएका थिए । अतिरिक्त समयमा पापे गेयेले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए ।

तर अहिले काफको अपिल समितिले फाइनलको नतिजा रद्द गरेको छ । नयाँ निर्णयअनुसार सेनेगलले नियम उल्लंघन गरेको ठहर गर्दै फाइनल खेलको नतिजा ३–० ले मोरक्कोको पक्षमा दियो । काफको अनुसार खेलका क्रममा सेनेगल टोलीको व्यवहारले प्रतियोगिताको नियम उल्लंघन गरेको थियो । नियमअनुसार कुनै टोलीले खेल्न अस्वीकार गरेमा वा अनुमति बिना मैदान छोडेमा उक्त टोलीको हार मानिन्छ ।

सेनेगल फुटबल महासंघले यस काफको निर्णयविरुद्ध अपिल गर्ने बताएको छ । महासंघले भन्यो—कासको यो निर्णय अनुचित छ । यस अस्विकार्य निर्णयले अफ्रिकी फुटबललाई नराम्रो गरेको छ ।
सेनेगलका केही खेलाडीहरूले आफ्ना विजेताहरूको पदक नत्याग्ने बताएका छन् । ‘‘कसैले पनि हामीबाट हाम्रो खुशी खोस्न सक्दैन,“ सेनेगल र एभर्टनकी मिडफिल्डर इद्रिसा गुएयेले सामाजिक सञ्जालमा लेखेका थिए ।

results election 2082