ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभाका समानुपातिक सूचीमा सांसदहरूलाई आज प्रमाणपत्र दिइने
2082 General Commission

प्रतिनिधिसभाका समानुपातिक सूचीमा सांसदहरूलाई आज प्रमाणपत्र दिइने

Inquiry Nepal Inquiry Nepal March 19, 2026 at 8:14 AM 48 views
काठमाडौं । निर्वाचन आयोगले आज बिहीबार प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । आयोगका अनुसार १ सय १० जना समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली […]

काठमाडौं ।

निर्वाचन आयोगले आज बिहीबार प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । आयोगका अनुसार १ सय १० जना समानुपातिक सांसदहरूलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २०, नेकपा (एमाले)बाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४–४ जना निर्वाचित भएका छन् । ६ दलबाट ११० जना सांसदहरू निर्वाचित भएका छन् ।

प्रत्यक्षतफका सांसदहरूले मतपरिणाम आएसँगै निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । आयोगले त्यसपछि निर्वाचनको प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने छ । राष्ट्रपति कार्यालयले सोको जानकारी संघीय संसद्को सचिवालयलाई जानकारी गराउनेछ । नवनिर्वाचित सांसदहरूको शपथ भने चैत १२ गते हुने भएको छ । सचिवालय भोलि शुक्रवार शपथ ग्रहणसम्बन्धी सूचना निकाल्ने तयारी अघि बढाएको छ । यस विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने पनि सचिवालयले जनाएको छ ।

यसअघि संसद्का ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिनेछन् । निर्वाचित सांसदहरूमध्ये नेपाली कांग्रेसबाट समानुपातिकतर्फका निर्वाचित सांसद अर्र्जुननरसिंह केसी ज्येष्ठ सदस्य रहेको बुुझिएको छ । उहाँ ७८ वर्षको हुनुहुन्छ । उहाँले बाँकी सांसद्हरूलाई शपथग्रहण गराउनुहुनेछ ।

शपथसम्बन्धी ऐन २०७९ शपथमा सांसदहरूले शपथमा पहिचान झल्किने पोशाक लगाउन र मातृभाषामा शपथ लिन पाउनेछन् । शपथसम्बन्धी ऐनको दफा ४ मा औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने प्रावधान छ ।

सार्वजनिक पदधारण गर्ने व्यक्तिले शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोसाकमा उपस्थित हुनुपर्ने भनिएको छ । सोही दफाको उपधारामा शपथ लिने वा शपथ गराउने पदाधिकारीले आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाई शपथ लिन वा गराउन सक्ने प्रावधान पनि छ ।

‘दफा ५ मा शपथको भाषासम्बन्धी प्रावधानमा शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनुपर्नेछ । यसका साथै कुनै सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने प्रावधान पनि सँगै छ ।

त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनुअगावै पेस गर्नुपर्नेछ’ –दफा ५ को उपदफा २ मा भनिएको छ ।

सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रतिमा र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था पनि छ ।

commission election 2082