ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सबैको सहयोगले निर्वाचन शान्तिपूर्ण सम्पन्न: प्रधानमन्त्री कार्की
2082 General Election

सबैको सहयोगले निर्वाचन शान्तिपूर्ण सम्पन्न: प्रधानमन्त्री कार्की

Inquiry Nepal Inquiry Nepal March 18, 2026 at 3:06 PM 62 views
उनले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी हुन्।...

प्रधानमन्त्री सुशीला कार्कीले सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी छन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा उनले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी हुन्।

अध्यक्ष दाहालले आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेटका क्रममा कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए ।

election election 2082