ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कांग्रेस समानुपातिकमा सभापतिका ज्वाइँदेखि पूर्वराष्ट्रपतिका छोरासम्म
2082 General Parties Result

कांग्रेस समानुपातिकमा सभापतिका ज्वाइँदेखि पूर्वराष्ट्रपतिका छोरासम्म

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 5:00 AM 88 views
<p>काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदमात्र अब प्रतिनिधिसभामा हुने छन् । महावीर पुन स्वतन्त्र सांसदका रूपमा विजयी भएका छन् । [&#8230;]</p> <p>The post कांग्रेस समानुपातिकमा सभापतिका ज्वाइँदेखि पूर्वराष्ट्रपतिका छोरासम्म ap...

काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदमात्र अब प्रतिनिधिसभामा हुने छन् । महावीर पुन स्वतन्त्र सांसदका रूपमा विजयी भएका छन् ।

रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट पाएको छ । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट, एमालेले प्रत्यक्षमा ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट, नेकपाले प्रत्यक्षमा ८ र समानुपातिकतर्फ ९ गरी १७ सिट पाएको छ । यसैगरी, श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फबाट ४ गरी ७ सिट, राप्रपाले प्रत्यक्षमा १, समानुपातिकतर्फ ४ गरी ५ सिट पाएको छ । एमालेले शनिबार नै समानुपातिकतर्फको नामावली टुंगो लगाइसकेको छ ।

रास्वपाले आइतबार सामानुपातिकर्फको नामावली टुंगो लगाए पनि सार्वजनिक गरेको छैन । समानुपातिकतर्फको सांसदको सिफारिस गर्न रास्वपाको ‘भर्चुअल’ बैठक बसेको थियो । सभापति रवि लामिछाने बिरामी भएकाले भौतिक रूपमा बैठक नबसी ‘भर्चुअल’ बसेर नामावली टुंगो लगाइएको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार रुजु र प्रमाणित गरेपछि आयोग आफै ंले नाम सार्वजनिक गर्ने भएकाले पार्टीबाट सार्वजनिक नगर्ने निर्णय भएको हो । बैठकले ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा सिफारिस गरेको छ । यसमा असआर्यतर्फबाट १७ जना, जनजाति तर्फबाट १६ जना, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिमबाट ३ जनाको नाम सिफारिस गरिएको छ ।

यी हुन् कांग्रेसका समानुपातिक सांसद
कांग्रेसले प्राप्त गरेको २० जना समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले २० सांसदको नाम सिफारिस गरेको हो । खस आर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको नाम सिफारिस भएका छन् । केसी सभापति गगन थापाका ससुरा हुन् ।

आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रुनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको नाम सिफारिस गरिएको छ । त्यस्तै, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र डा. चन्द्र मोहन यादवको नाम सिफारिस भएको छ ।

यादव पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली रहेका छन् । त्यस्तै, थारूबा प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुनको नाम सिफारिस भएको छ ।

राप्रपामा खुस्बु, ताहिरसहित अरू को को ?
राप्रपाले समानुपातिकतर्फ ४ जना सांसद नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । खस आर्य पुरुषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरुषतर्फ रुपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम राप्रपाले सिफारिस गरेको छ ।

श्रम संस्कृतिबाट को ?
श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आइतबार धरानमा बसेको बैठकले निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जनाएका छन् । उनका अनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेशीबाट रुवी कुमारी ठाकुर रहेका छन् ।

नेकपाबाट को–को परे ?
नेकपाले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ । नेकपाले ५ जना पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपाले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जनामात्रै परेका छन् । नेता नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्मा समेटिएका हुन् । एकीकृत समाजवादी छँदा हमाल वरिष्ठ नेतामध्ये थिए ।

गणेश विश्वकर्मा यसअघि सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षसमेत भइसकेका हुन् । योसँगै नेकपाको कूल सांसद संख्यामा नेपाल पक्षको हिस्सा ३ जना रहेको छ । सहसंयोजक नेपाल पक्षका धनबहादुर बूढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका छन् । माधव आफै भने निर्वाचित हुन सकेनन् ।

The post कांग्रेस समानुपातिकमा सभापतिका ज्वाइँदेखि पूर्वराष्ट्रपतिका छोरासम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082