ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेसले टुंग्यायो २० जना समानुपातिक  सांसदको सूची
2082 General Parties Update

कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसदको सूची

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 6:44 PM 65 views
<p>काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन्। त्यसका लागि कांग्रेसले [&#8230;]</p> <p>The post कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसदको सूची appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनि...

काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन्। त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको हो।

आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ। प्रस्तावित यी नाम उपर निर्वाचन आयोगले क्लस्टरवाइज रूजु गरेपछि केही मिलाउनुपर्ने भए फेरबदल हुनसक्ने छ।

The post कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसदको सूची appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082