ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 5:40 PM 41 views
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन् । जाँदाजाँदै उनले स्वकीय श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनीत गरेकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले मनोनयन गर्ने प्रावधानबमोजिम नै मनोनयन गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था गरेको छ ।

candidates election 2082