ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसद बन्ने ५७ जनाको नाम
2082 General Parties Update

रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसद बन्ने ५७ जनाको नाम

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 2:54 PM 66 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंग्याएको छ । केहीबेरअघि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष जानकारी दिए । रास्वपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ सिट पाएको छ। पार्टीले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नाम टुंगो [&#8230;]</p> <p>The post रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसद बन्ने ५७ जनाको नाम appeared first on राजधानी राष्ट्रिय द...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंग्याएको छ ।

केहीबेरअघि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष जानकारी दिए ।

रास्वपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ सिट पाएको छ। पार्टीले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएको झाले बताए।

नाम टुंग्याएको जनाए पनि रास्वपाले उनीहरूको नामवली भने सार्वजनिक गरेको छैन। खसआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको झाले बताए।

सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाउने झाल बताए। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।

The post रास्वपाले टुंग्यायो समानुपातिकबाट सांसद बन्ने ५७ जनाको नाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082