ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पराजयले झगडा होइन, समीक्षा माग्छ : डा. चन्द्र भण्डारी
2082 General Parties Analysis

पराजयले झगडा होइन, समीक्षा माग्छ : डा. चन्द्र भण्डारी

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 8:49 PM 64 views
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले निर्वाचनमा पार्टीले बेहोरेको हारपछि आन्तरिक झगडाभन्दा समीक्षा आवश्यक रहेको बताएका छन्। शनिबार फेसबुकमार्फत छोटो टिप्पणी गर्दै उनले प्रतिनिधिसभा निर्वाचनपछि पार्टीभित्र देखिएको वातावरणप्रति प्रतिक्रिया दिएका हुन्। भण्डारीले पराजयले झगडा होइन, समीक्षा माग्ने बताउँदै अब डुब्ने होइन, बाहिर निस्कने योजना बनाउनुपर्ने उल्लेख गरेका छन्। उनले अहिलेको समयले झगडा नखोजेको […]

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले निर्वाचनमा पार्टीले बेहोरेको हारपछि आन्तरिक झगडाभन्दा समीक्षा आवश्यक रहेको बताएका छन्।

शनिबार फेसबुकमार्फत छोटो टिप्पणी गर्दै उनले प्रतिनिधिसभा निर्वाचनपछि पार्टीभित्र देखिएको वातावरणप्रति प्रतिक्रिया दिएका हुन्। भण्डारीले पराजयले झगडा होइन, समीक्षा माग्ने बताउँदै अब डुब्ने होइन, बाहिर निस्कने योजना बनाउनुपर्ने उल्लेख गरेका छन्।

उनले अहिलेको समयले झगडा नखोजेको भन्दै बदला लिने समय नभएको पनि बताएका छन्। साथै, पार्टी पुनः उठ्नका लागि अपरिपक्व व्यवहार त्याग्न अनिवार्य रहेको उनले जोड दिएका छन्।

parties election 2082