ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार र संसदीय दल नेताबारे छलफल
2082 General Candidates

रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार र संसदीय दल नेताबारे छलफल

Inquiry Nepal Inquiry Nepal March 14, 2026 at 8:46 AM 56 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भए पनि समय र स्थान भने अझै तय गरिएको छैन। पार्टी सभापति रवि लामिछाने को स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निर्धारण गरिने बताइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने जनाइएको छ। […]

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भए पनि समय र स्थान भने अझै तय गरिएको छैन।

पार्टी सभापति रवि लामिछाने को स्वास्थ्य अवस्था हेरेर बैठकको समय र स्थान निर्धारण गरिने बताइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारिसलगायत विषयमा छलफल हुने जनाइएको छ।

त्यसैगरी वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउने विषयमा आवश्यक कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

candidates election 2082