ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दुई पटक पालिका अध्यक्ष भएको उम्मेदवारको मत नब्बे मात्र
2082 General Candidates

दुई पटक पालिका अध्यक्ष भएको उम्मेदवारको मत नब्बे मात्र

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 8:29 AM 50 views
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएर उदयपुरको २ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका मेजर कुमार राईले जमानत त गुमाए तर उनले ९६ हजार १ सय मतदाता मध्ये मतदान गर्ने४५ हजार ३ जनाबाट सदर भएको मत ४२ हजार १ सय ८५ भित्रबाट जम्मा ९० मत मात्र पाएका छन् । आफू जस्तो […]

उदयपुर ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएर उदयपुरको २ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका मेजर कुमार राईले जमानत त गुमाए तर उनले ९६ हजार १ सय मतदाता मध्ये मतदान गर्ने४५ हजार ३ जनाबाट सदर भएको मत ४२ हजार १ सय ८५ भित्रबाट जम्मा ९० मत मात्र पाएका छन् ।

आफू जस्तो जनप्रमी, विकासवादी,जनताको समस्या बुझेको, इमान्दार सबै काम गर्न सक्ने पहुँच भएको ठान्ने उम्मेदवार राई नेपाली कम्युनिष्ट पार्टीका पालिका स्तरका नेता हुन् । तर नेकपाका आधिकारिक उम्मेदवार सुरेश राई (हिमाल)को विरुद्धमा उमेदवारी दिएका कारण पार्टीको कार्वाहीमा परेका छन ।

सडक निर्माणकालागि प्राप्त बजेट फ्रिज गराएको, गफ चाहिंँ ठूला गर्ने तर काम नगनर्,े पालिकाको बजेट खर्च गर्न नसक्ने, गरेको खर्च पनि बेरुजुमा पार्ने गरेको स्थानीयले आरोप लगाएका छन् । २०७४ र २०७९ सालमा पालिका अध्यक्षमा निर्वाचित उनले पाएको ९० मत पनि उनका आफन्त, नाता, गोताबाटमात्र प्राप्त गरेको भन्ने यतिबेला व्यापक चर्चाको विषय बनेको छ ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेजर राईले २०५१ मत पाएर पालिका अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला लिम्चुङबुङको मतदाता संख्या ८ हजार ४ सय ९४ थियो भने २०८२ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाताको संख्या ८ हजार ६ सय ८९ जना रहेकोमा उनले पालिका अध्यक्ष भएर पनि जम्मा ९० मत मात्र पाउनु भनेको अहिलेको अवस्थामा पालिकाबाट नै पूर्ण रुपले तिरस्कृत हुनु हो र अबको उनको राजनीतिक भविष्य नै सकिएको भन्ने चर्चा पनि चलेको छ ।

पहिले ब्रिटिस गोर्खा सेनामा भर्ना भएको र त्यो जागिर छाडेर माओवादी आन्दोलनमा सरिक भएर त्यही पृष्ठभूमिमा कारण तत्कालिन नेकपा (माओवादी केन्द)का तर्फबाट २०७४ र २०७९ मा दुई पटकसम्म पालिका अध्यक्ष जितेका मेजर राईले संघीय संसदको निर्वाचनमा उदयपुरको २ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्न हालको नेपाली कम्युनिष्ट पार्टीबाट टिकट माग गरेकोमा पार्टीले टिकट नदिएकोले नेकपाको आधिकारिक उम्मेदवार सुरेश राई (हिमाल) का विरुद्धमा बागी भएर उम्मेदवारी दर्ता गराएका थिए ।

पूर्व पालिका अध्यक्ष राईले आफ्नो पालिकाबाट जम्मा ३४ मत मात्र पाएको मतगणना तथ्याङ्कबाट देखिन्छ । जम्मा ५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकाबाट उनले आफ्नो घर भएको वडा साविक बाँसबोटे गाविस वडा नं १ बाट २० मत , साविक ताम्लिछा गाविस रहेको २ नं वडाबाट १० मत, साविक बाराहा गाविस हालको ३ नं वडाबाट (जहाँ पालिका केन्द्र पनि रहेको छ) जिरो मत पाएका छन् ।

साविक बलम्ता गाविस हालको ४ नं वडाबाट २ मत र साविक जाँते गाविसको हालको ५ नं वडाबाट २ मत मात्र पाएर हार व्यहोरेका छन् । उनले आफ्नो पालिकाबाट ३४ मत र अन्य पालिकामा रहेका आफन्त नातागोताबाट ५६ मत गरी कुल ९० मत पाएर पालिका अध्यक्ष जस्तो गरिमामय पदको प्रतिष्ठा नै गुमाएको अहिले उदयपुरका मतदाताहरु विचमा व्यापक चर्चाको विषय बनेको छ ।

candidates election 2082