ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिममा समानुपातिक मतमा पनि रास्वपा पहिलो
2082 General Parties Update

सुदूरपश्चिममा समानुपातिक मतमा पनि रास्वपा पहिलो

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 5:26 AM 48 views
<p>धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतमा पनि पहिलो दल बनेको छ । यसपटक प्रदेशका मतदाताले नयाँ दल रास्वपालाई पहिलो रोजाइका रूपमा समर्थन दिएका छन् । समानुपातिक मतको तथ्यांक अनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेशमा पहिलो शक्ति बनेको [&#8230;]</p> <p>The post सुदूरपश्चिममा समानुपातिक मतमा पनि रास्वपा पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट...

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतमा पनि पहिलो दल बनेको छ । यसपटक प्रदेशका मतदाताले नयाँ दल रास्वपालाई पहिलो रोजाइका रूपमा समर्थन दिएका छन् ।

समानुपातिक मतको तथ्यांक अनुसार रास्वपाले ३ लाख १७ हजार ८३६ मत प्राप्त गर्दै प्रदेशमा पहिलो शक्ति बनेको छ । नेपाली काँग्रेस १ लाख ८२ हजार ८४२ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १ लाख ४७ हजार ९०९ मतसहित तेस्रो स्थानमा सीमित भएको छ । नेपाली कम्युनिष्ट पार्टी चौथो तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौँ स्थानमा रहेका छन् । अन्य दलहरू भने निकै पछि परेका छन् ।

तथ्याङ्कको विश्लेषण गर्दा विकट पहाडी तथा हिमाली जिल्लाहरूमा भने अझै पनि काँग्रेस र एमालेकै प्रभाव देखिएको छ । बाजुरा, अछाम–१, अछाम–२ र डोटीमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । यस्तै बझाङ र दार्चुलामा नेकपा एमाले पहिलो शक्ति बनेको छ । यी जिल्लाहरूमा रास्वपा भने तेस्रो वा चौथो स्थानमा सीमित देखिएको छ । डोटीमा भने काँग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिएको छ, जहाँ दुवै दलबीच केवल ३९ मतको अन्तर रहेको छ ।

तर तराईका कैलाली र कञ्चनपुर जिल्लामा भने रास्वपाले स्पष्ट वर्चस्व कायम गरेको छ । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्र र कैलालीका पाँचै क्षेत्रमा रास्वपाले ठूला दलहरूलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै अग्रता लिएको छ ।

नेपाली काँग्रेसको बलियो गढ मानिने डडेल्धुरा तथा एमालेको प्रभाव क्षेत्र मानिने बैतडीमा समेत रास्वपाले भारी मतका साथ पहिलो स्थान हासिल गरेको छ । अघिल्ला निर्वाचनमा निर्णायक शक्ति मानिएको नेकपा भने अधिकांश क्षेत्रमा तेस्रो वा चौथो स्थानमा झरेको देखिएको छ ।

यसैबीच कैलालीमा प्रभावशाली मानिएको नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धनले कैलाली–१, २ र ३ मा सन्तोषजनक मत प्राप्त गरे पनि अन्य क्षेत्रमा खास प्रभाव देखाउन सकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने अधिकांश क्षेत्रमा आफ्नो उपस्थिति कायम राखेको छ ।

The post सुदूरपश्चिममा समानुपातिक मतमा पनि रास्वपा पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082