ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चैत पहिलो साताभित्रै परिणामा बुझाउने निर्वाचन आयोगको तयारी
2082 General Results Result

चैत पहिलो साताभित्रै परिणामा बुझाउने निर्वाचन आयोगको तयारी

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 2:35 PM 62 views
काठमाडाैं । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरिएको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको […]

काठमाडाैं ।

निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरिएको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ ।

प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार महावीर पुन एक सिटमा विजयी भएका छन् । आयोगले समानुपातिकतर्फको मत गणना आज सकाएर राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका सांसद् बन्नेहरूको सूची पठाउन पत्राचार गर्नेछ ।

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनमा दलहरूलाई सूची पठाउन ३ दिन समय दिनुपर्ने व्यवस्था छ । त्यसो हुँदा आयोगले दलहरूलाई चैत १ गतेसम्मको समय दिनेछ । त्यसपछि आयोगले दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए-नभएको तथा संविधान र कानुनमा गरिएको क्लस्टर मिले-नमिलेको अध्ययन गर्नेछ ।

नमिलेको भए मिलाउने थप २ दिनको समय दिइनेछ । छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने आयोगले जनाएको छ ।

त्यसपछि एक दुई दिनमा प्रतिवेदन तयार गरेर राष्ट्रिपतिलाई बुझाउने तयारी भईरहेको छ । संभवत चैत दोस्रो साताभित्र नयाँ सरकार गठन हुने देखिएको छ ।

results election 2082