ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुशीला कार्की कहिलेसम्म प्रधानमन्त्री?
2082 General Election

सुशीला कार्की कहिलेसम्म प्रधानमन्त्री?

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 3:01 PM 44 views
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई बाटो खोल्ने मुख्य जिम्मेवारी पूरा गरेको बताउँदै आएकी छन्। अब उनले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिने छन्।...

आमनिर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लागेसँगै प्रधानमन्त्री सुशीला कार्कीको कार्यकाल अब छोटिँदै गएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन–२०८२ को अन्तिम नतिजासहितको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने भएको हो।

गत बिहीबार धापासीस्थित मतदान केन्द्रमा मत हालेर बाहिरिँदै गर्दा प्रधानमन्त्री कार्कीले आफ्नो जिम्मेवारी ‘करिब पूरा भइसकेको’ बताएकफ थिइन्। नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको उनले बताउँदै आएकी छन्।

जेन–जी आन्दोलनपछि आमसहमतिको आधारमा भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई बाटो खोल्ने मुख्य जिम्मेवारी पूरा गरेको बताउँदै अब नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिने छन्।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको अन्तिम नतिजा तयार गरेपछि त्यसको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। त्यसलगत्तै वर्तमान सरकारको हैसियत परिवर्तन भई कार्की कामचलाउ प्रधानमन्त्रीका रूपमा रहनेछिन्। नयाँ प्रधानमन्त्री नियुक्त भएपछि मात्रै उनी औपचारिक रूपमा पदमुक्त हुनेछिन्।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै ठूलो सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ सिट जित्दै रास्वपा एकल बहुमतसहित शक्तिशाली सरकार बनाउने स्थितिमा पुगेको छ। समानुपातिकतर्फ पनि उसले ४८ प्रतिशत मत पाएको छ। मतका आधारमा निर्वाचन आयोगले सिट बिभाजन गर्न बाँकी छ।

रास्वपाले निर्वाचनअघि नै आफ्नो तर्फबाट प्रधानमन्त्री उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारेकाले उनी नयाँ प्रधानमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ। तर औपचारिक रूपमा प्रधानमन्त्री बन्नका लागि पार्टीले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ।

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। रास्वपाले बहुमत प्राप्त गरेपछि यही धाराअन्तर्गत सरकार गठन हुने तयारी भइरहेको छ।

election election 2082