ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पुराना दलभित्र नेतृत्व र नीति फेर्न दबाब
2082 General Parties Analysis

पुराना दलभित्र नेतृत्व र नीति फेर्न दबाब

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 5:09 AM 68 views
<p>काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि कांग्रेस, एमाले नेकपालगायतका पुराना राजनीतिक दलभित्र नीति र नेतृत्व दुवै फेर्न दबाब बढेको छ । पार्टी प्रमुख, केन्द्रीय पदाधिकारीसहित वरिष्ठ नेताहरू नै निर्वाचनमा पराजित भएपछि पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने र मौजुदा नीतिमा निर्मम समीक्षासहित फेरबदलका आवाज उठेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट [&#8230;]</p> <p>The post पुराना दलभित्र नेतृत्व र नीति फेर्न दबाब appeared first on राजधानी राष्ट...

काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि कांग्रेस, एमाले नेकपालगायतका पुराना राजनीतिक दलभित्र नीति र नेतृत्व दुवै फेर्न दबाब बढेको छ । पार्टी प्रमुख, केन्द्रीय पदाधिकारीसहित वरिष्ठ नेताहरू नै निर्वाचनमा पराजित भएपछि पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने र मौजुदा नीतिमा निर्मम समीक्षासहित फेरबदलका आवाज उठेको हो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितका दलमा पार्टी अध्यक्षले राजीनामा दिनुपर्ने दबाब सोही पार्टीका नेताहरूले दिन थालेका छन् । विशेष महाधिवेशनबाट कांग्रेस सभापति भएका गगनकुमार थापासहित पदाधिकारीहरू नै निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारीसमेत निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचनमा विजयी भएका छन् । तर सो पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका वरिष्ठ नेताहरू पराजित भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित मधेशवादी दलका सबै उम्मेदवार पराजित भएका छन् । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै अभूतपूर्व बहुमत ल्याएको छ । चार वर्षअघि गठन भएको दल निर्वाचनबाट शक्तिशाली दल बनेको छ ।

तर, लामो इतिहास भएका दलहरू कांग्रेस, एमाले, नेकपा, जसपा सहितका दलहरूले लज्जास्पद हार व्यहा ेरेपछि पार्टी नेतृत्वका े आलोचनासमेत भइरहेको छ । लामो समयदेखि नेतृत्वमा रहेको, पार्टी नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्न नचाहेको, पार्टीलाई समेत बलियो बनाउन नसकेको, निर्वाचनमा आफै ं लज्जास्पद हार व्यहोरेको, नेताहरूलाई विजयी गराउन नसकेको लगायतका विभिन्न कारण नेतृत्वमाथि राजीनामाको दबाब बढेको हो ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचनबाट ‘नीति र नेतृत्वलाई जनताले मतमार्फत अस्वीकार गरे’ भन्दै पार्टी नेतृत्वलाई राजीनामाका लागि दबाब दिएका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वा ंगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनु पर्दछ,’ उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

त्यस्तै, उनले २३ र २४ भदौ पछि पार्टीले लिएका नीति ठिक नभएको र त्यसलाई सच्याउनुपर्ने दबाब बैठक, भेटघाट, महाधिवेशन मार्फत पटक पटक दिएको तर नेतृत्वले अस्वीकार गरेको उनले उल्लेख गरेका छन् । ‘नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीतिमात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदार बन्नुपर्दछ । त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ ।

यो सबैको जवाफदेहिता फेरी पनि प्रमुख नेता कै रहन्छ । सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ,’ भट्टराईले भनेका छन् । सात बुँदे अपिल जारी गर्दै उनले नेतृत्वलाई राजीनामाको दबाबमात्रै दिएका छैनन् । राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम–लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार भएको उल्लेख गर्दै यसका लागि जनादेशको सम्मानसहित राजनीतिक विचार र शक्तिबीचका सकारात्मक सहकार्यका लागि अपिलसमेत गरेका छन् ।

यसैगरी, विशेष महाधिवेशनबाट सभापति भएका थापाले हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थिति बनाएका छन् । थापानिकट नेताले राजीनामा नदिन दबाब दिएका छन् । तर, पूर्वसपभाति शेरबहादुर देउवानिकट नेताले भने नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै दबाब दिएका छन् । ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्पसहित नयाँ नेतृत्वका साथ आएको कांग्रेसलाई जनताले रुचाएनन् । उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा सभापति थापाले राजीनामा दिने बताएको स्रोतको दाबी छ ।

तर, शर्माले राजीनामा समस्याको समाधान नभएको भन्दै रोकेका थिए । यद्यपि, कांग्रेस सभापति, पदाधिकारीदेखि पार्टीकै उम्मेदवार लज्जास्पद हारपछि देउवानिकट नेताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । देउवानिकट नेता जीतजंग बस्नेतले भनेका छन्, ‘विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, तर यसले एउटा कुरा छर्लंग देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ ।’

देउवानिकट नेताहरूले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै घुमाउरो शैलीले राजीनामा माग्दै गर्दा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने ‘अब अस्वाभाविक महत्वाकांक्षा र आवेगबाट मुक्त बन्न’ पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

‘अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म म भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि निष्ठा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ,’ खडकाले भनेका छन् ।

कांग्रेसभित्र एकअर्को लाई सहयोग नगरेको, अन्तर्घात गरेकोलगायत विभिन्न आरोपप्रत्यारोपसमेत चलेको छ । नेकपा संयोजक प्रचण्ड निर्वाचनमा विजयी भए पनि पार्टीका अन्य वरिष्ठ नेताहरू पराजित भएका छन् । कांग्रेस, एमालेजस्तै नेकपामा पनि नेतृत्व परिवर्तनको आवाज उठेको छ । तत्काल महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र नीतिगत सुधारमा जान युवापुस्ताले दबाब बढाएको नेताहरूले बताएका छन् ।

मधेशवादी दलमा भने राजीनामाको दबाब सार्वजनिक रूपमा सतहमा नआए पनि नैतिकता देखाउन तल्लो तहका कार्यकर्ताले दबाब भने दिन थालेका छन् ।

The post पुराना दलभित्र नेतृत्व र नीति फेर्न दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082