ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङ–६ मा डा शेखर कोइराला लाई विभिन्न दलका उम्मेदवारको समर्थन, केहीले उम्मेदवारी फिर्ता गरे
2082 General Candidates

मोरङ–६ मा डा शेखर कोइराला लाई विभिन्न दलका उम्मेदवारको समर्थन, केहीले उम्मेदवारी फिर्ता गरे

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 5:41 AM 45 views
काठमाडौ । मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् । उनिहरुले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन । नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका […]

काठमाडौ ।

मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।

उनिहरुले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन । नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै बिज्ञप्ती निकालेर डा शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

अहिलेको अवस्थामा लोकतन्त्र र देशका आफुहरुको भन्दा डा शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफुहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।

candidates election 2082