ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन सम्पन्न भएकोमा इजरायलले दियो नेपाललाई बधाई
2082 General Election

निर्वाचन सम्पन्न भएकोमा इजरायलले दियो नेपाललाई बधाई

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 5:13 PM 56 views
उनले यस निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदम रहेको बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा इजरायलले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा रहेको बताए। उनले यस निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदम रहेको बताए ।

इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार रहेको बताए। उनले आफ्नो देशलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाए ।

इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व सङ्कटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको बताउँदै जारी हवाई हमलामा इजरायलले इरानी नागरिक लक्षित गर्न नचाहेको बताए ।

उनले भने, ‘संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य हो। यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।’

election election 2082