ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उदयपुरका दुवै क्षेत्रमा समानुपातिक मतमा घण्टी पहिलो
2082 General Parties

उदयपुरका दुवै क्षेत्रमा समानुपातिक मतमा घण्टी पहिलो

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 4:01 PM 51 views
उदयपुर ।  यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा घण्टी चुनाव चिन्ह भएको रास्वपाले पहिलो स्थान ल्याएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार रास्वपाले उदयपुरको दुवै निर्वाचन क्षेत्रबाट अन्य दलकोभन्दा सबैभन्दा बढी मत ल्याएर पहिलो भएको हो । उदयपुरको दुवै निर्वाचन क्षेत्रको कुल मतदाता […]

उदयपुर ।

 यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा घण्टी चुनाव चिन्ह भएको रास्वपाले पहिलो स्थान ल्याएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार रास्वपाले उदयपुरको दुवै निर्वाचन क्षेत्रबाट अन्य दलकोभन्दा सबैभन्दा बढी मत ल्याएर पहिलो भएको हो ।

उदयपुरको दुवै निर्वाचन क्षेत्रको कुल मतदाता २ लाख ४१ हजार ९सय ९९ रहेकोमा १ नं मा १ लाख ४५ हजार ८७७ जना र २ नं मा ९६ हजार १ सय २२ जना मतदाता रहेका छन् । समानुपातिक मत तर्फ १ न.मा ८० हजार १सय २० मत खसेकोमा सदरमत ७६ हजार ३२ रहेको छ भने बदरमत ४ हजार ८८ रहेका छ ।  २ नं क्षेत्रमा ९६ हजार १ सय २२ मतदाता मध्ये ४५ हजार ७३ मत खसेकोमा सदरमत ४२ हजार१ सय ८८ र बदरमत २ हजार ८ सय ८५ रहेका छ ।

फागुन २२ गते बिहानबाट भएको मतगणना सोमबार बिहान साँझ सकिएकोमा उदयपुरको दुवै क्षेत्रबाट समानुपातिक मतमा उदयपुरको निर्वाचन क्षेत्र नं १ मा रास्वपाले सबैभन्दा बढी ३३ हजार ८ सय १३ मत र निर्वाचन क्षेत्र नं २ बाट १६ हजार ८ सय १ मत गरी जम्मा ५० हजार ६ सय १४ मत ल्याएर पहिलो सथान ल्याएको जिल्ला निर्वाचन अधिकृत दाहालले बताए । 

रास्वपाले प्रत्यक्ष तर्फ पाएको मतभन्दा समानुपातिकमा ३ हजार ३ सय २३ मत बढी पाएको छ ।
समानुपातिक मत पाउने दोश्रो नम्बरमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी रहेको छ । सो पार्टीले उदयपुरको १ न क्षेत्रमा ११ हजार ६ सय ६ मत र २ नं निर्वाचन क्षेत्रमा ४ हजार ९ सय ९२ मत गरी जम्मा १६ हजार ५सय ९८ मत पाएर दोश्रो स्थानमा रहेको छ ।

यसैगरी नेकपा एमालले समानुपातिक मतमा तेस्रो स्थान ल्याएको छ । एमालेले १ नं निर्वाचन क्षेत्रमा ९ हजार १ सय ४१ र २ नं निर्वाचन क्षेत्रमा ६ हजार ५ सय २४ गरी जम्मा १५ हजार ६ सय ६५ मत ल्याएर तेस्रो स्थानमा झरेको छ । चौथो स्थानमा नेपाली कांंग्रेस रहेको छ । नेकाले १  निर्वाचन क्षेत्रबाट ८ हजार ७ सय ९९ र २ नं क्षेत्रबाट ५ हजार ८ सय १८ प्रापत गरेको छ । नेकाले समानुपातिक मत दुवै क्षेत्रबाट १४ हजार ६ सय १७ मत प्राप्त गरेको छ ।

यसैगरी पाँचौ स्थानमा नेपाली कम्युनिष्ट पार्टी रहेको छ । नेकपाले उदयपुरको १ नं क्षेत्रमा ६ हजार ३१ र २ नं क्षेत्रमा ४ हजार ६ सय ९५ मत गरी जम्मा १० हजार ७ सय २६ मत प्राप्त गरेर पाँचौ स्थानमा खुम्चिन बाध्य भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ नं क्षेत्रमा समानुपातिक मत २ हजार ३ र २ नं क्षेत्रबाट ५ सय गरी २ हजार ५ सय ३ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ नं निर्वाचन क्षेत्रमा ६सय ३१ र २ नं निर्वाचन क्षेत्रबाट ६ सय ७ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत दाहालले बताउनु भयो ।

उदयपुरको १ नं निर्वाचन क्षेत्रमा १ जना स्वतन्त्र सहित १८ जना उम्मेदवार चुनावी मैदानमा थिए भने २ नं क्षेत्रमा पनि १ जना स्वतन्त्र सहित १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

उदयपुरको १ नं क्षेत्रमा जम्मा ५७ वटा राजनीतिक दलले निर्वाचनमा समानुपातिक मत पाएका छन् भने २ न. निर्वाचन क्षेत्रबाट पनि ५७ वटै राजनीतिक दलले समानुपातिक मत पाएका छन् ।

parties election 2082