ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

रास्वपाको ऐतिहासिक सफलता, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कीर्तिमान

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 2:07 PM 57 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै नेपालको संसदीय इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ। निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार रास्वपाले ५० लाख ३१ हजार ९२६ मत प्राप्त गर्दै समानुपातिक प्रणालीमा सबैभन्दा धेरै मत पाउने पहिलो राजनीतिक दल बनेको हो। हालसम्म कुल [&#8230;]</p> <p>The post रास्वपाको ऐतिहासिक सफलता, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कीर्तिमान appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै नेपालको संसदीय इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ।

निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार रास्वपाले ५० लाख ३१ हजार ९२६ मत प्राप्त गर्दै समानुपातिक प्रणालीमा सबैभन्दा धेरै मत पाउने पहिलो राजनीतिक दल बनेको हो।

हालसम्म कुल १ करोड ४ लाख ८७ हजार २१७ गणना भइसकेको अवस्थामा रास्वपाले करिब ४८ प्रतिशत मत हासिल गरेको छ। यो नतिजाले नेपालको निर्वाचन इतिहासमा एउटा महत्वपूर्ण मोड ल्याएको विश्लेषकहरूले बताएका छन्।

यसअघि भएका कुनै पनि प्रतिनिधिसभा निर्वाचनमा कुनै दलले समानुपातिकतर्फ ५० लाख मतको आँकडा पार गर्न सकेको थिएन।

त्यस्तै रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ सिटमा जित हासिल गरिसकेको छ । एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्या निर्वाचित भएको सङ्ख्या इतिहासमा पहिलोपटक हो ।

यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो । तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेको थियो ।

The post रास्वपाको ऐतिहासिक सफलता, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कीर्तिमान appeared first on RONB post.

commission election 2082