ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस् : प्रवक्ता श्रेष्ठ
2082 General Results Result

रास्वपाको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस् : प्रवक्ता श्रेष्ठ

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 8:47 AM 54 views
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।...

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन्।

प्रतिनिधिसभा निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभुतपूर्व सफलता दिलाएको बताउँदै उनले लामिछाने र शाहलाई बधाई दिएका हुन्। साथै यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस् भनेर कामना गर्दै उनले त्यो पश्चाताप देशले थेग्न नसक्ने बताए।

'प्रतिनिधिसभा निर्वाचनको लगभग नतिजा आइसकेको छ, निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभुतपूर्व सफलता दिलाएको छ,' उनले सामाजिक सञ्जालमा लेखे, 'यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्, त्यो पश्चाताप देशले थेग्न सक्ने छैन- रास्वपालाई बधाई, रविजीलाई बधाई, बालेनजीलाई बधाई।'

results election 2082