ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत
2082 General Parties

चितवनमा रास्वपाले समानुपातिमा पायो ६१ दशमलव ०६ मत

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 10:29 PM 47 views
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् ।...

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समानुपातिक तर्फ ६१ दशमलव ०६ प्रतिशत मत आएको छ । चितवनबाट दुई वटा दल बाहेक अन्यले १० प्रतिशत समेत कटाउन सकेनन् ।

२ लाख ४८ हजार ७०५ मत खसेको चितवनमा रास्वपाले १ लाख ७३ हजार ८९२ मत प्राप्त गरेको छ । यसअघि पनि चितवनमा रास्वपा पहिलो पार्टी बनेको थियो ।

यहाँ सबैभन्दा बढी ६० हजार ४० मत चितवन क्षेत्र नम्बर तीनबाट ल्याएको छ । यस स्थानमा सोविता गौतमले प्रत्यक्ष तर्फ ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी थिईन् । प्रत्यक्षमा भन्दा रास्वपाले समानुपातिकमा बढी मत ल्याएको हो । यस्तै निर्वाचन क्षेत्र नम्बर १मा रास्वपाले समानुपातिक तर्फ ५९ हजार ३४३ मत प्राप्त गरेको छ । यहाँबाट रास्वपाका हरि ढकालले ५८२०८ मत ल्याएर विजयी भएका थिए ।

चितवन क्षेत्र नम्बर २मा ५४ हजार ५०९ मत रास्वपाले समानुपाति तर्फ ल्याएको छ । यहाँ रास्वपाका सभापति रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका थिए ।

यस्तै चितवनमा नेपाली काग्रेस दोस्रो भएको छ । उसले खसेको कुल भोटको ११ दशमलव ५५ मत प्राप्त गरेको छ । चितवनमा कांग्रेसले ३२ हजार ८८६ मत पाएको छ । उसले सबैभन्दा बढी चितवन क्षेत्र नम्बर १मा १२ हजार २२८ मत प्राप्त गरेको छ । त्यस्तै क्षेत्र नम्बर २मा ११ हजार ५१८ र क्षेत्र नम्बर ३मा ९ हजार १४० मत प्राप्त गरेको छ ।

चितवनमा समानुपातिक तर्फ नेपाली कम्यूनिष्ट पार्टी तेस्रो भएको छ । नेकपाले यहाँबाट ९ दशमलव १६ प्रतिशत मत ल्याएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा नेकपाले २६ हजार ९७ मत ल्याएको छ । उसले चितवन क्षेत्र नम्बर १बाट ४ हजार ३८, २ बाट ५ हजार ५७० र क्षेत्र नम्बर ३बाट १६ हजार ४८९ मत ल्याएको हो ।

नेकपा एमालेले चितवनबाट समानुपातिकमा ९ दशमलव ०६ प्रतिशत भोट पाएको छ । उसले २५ हजार ७९८ मत पाएको छ । एमालेले चितवन क्षेत्र नम्बर १ बाट सबैभन्दा बढी १० हजार ५४३, क्षेत्र नम्बर २बाट ९ हजार १६ र ३ बाट ६ हजार २३९ भोट ल्याएको छ । उत्ता राष्ट्रिय प्रजातन्त्र पार्टीले २ दशमलव ४८ प्रतिशत मत ल्याएको छ । अघिल्लो २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर ३बाट भारी मतका साथ निर्वाचित भएको राप्रापाले यसपटक चितवनमा ७ हजार ७९ मत ल्याएको छ । राप्रपाले चितवन क्षेत्र नम्बर १बाट २ हजार ९७७, चितवन क्षेत्र नम्बर २बाट १ हजार ८४९ र ३मा २ हजार २५३ मत प्राप्त गरे । श्रम संस्कृति पार्टीले ३ हजार ९४९ मत प्राप्त गरेको छ । यो प्रतिशतका आधारमा १ दशमलव ३८ प्रतिशत हो ।

parties election 2082